प्रहरीद्धारा नै एक महिला उपर सामुहिक बलात्कार !
बलात्कारको समय पनि ती महिलाले बलात्कार गर्ने एक जनाको पर्स (बटुवा) लिएकी थिइन |

२०७६ मंसिर १७ मंगलबार, बिहान ९:०१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । प्रहरीद्धारा नै एक महिला उपर सामुहिक बलात्कार गरेको घटना बाहिर आएको छ ।
भारत ओडिशाको पुरी भन्ने ठाउँमा सोमबार एक प्रहरी क्वार्टरमा प्रहरी र एक अन्य व्यक्ति सहित एक महिला उपर सामुहिक बलात्कार गरेको घटना बाहिरिएको हो । प्रहरीले बलात्कार घटनालाई दर्ज गरेको छ । प्रहरीका अनुसार, सोमबार राती महिला नीमपाडा भन्ने शहरमा एक बस स्टैण्डमा उभिएकी थिइन र आफूलाई प्रहरी बताउने एक व्यक्ति कार लिएर आएपछि उनलाई उनको घरसम्म पुरयाउने प्रस्ताव राखिदिए ।
महिलालले कुंभारपाडा प्रहरी थानाकै बाहर सँचारकर्मीहरुसँग कुराकानी गर्दै भनिन, म भुवनेश्वरबाट आफ्नो गाउँ काकटपुर गइरुहेको थिए, मैले प्रहरी उपर विश्वास गरे र उनीसँग लिफ्ट पनि लिए । कारमा बैठिएलगत्तै त्यो कारमा पहिलेदेखि नै अन्य तीन जना मान्छे बसिरहेको पाएको बताइन् । उनले भनिन्, - "उनीहरुले मलाई काकटपुर लैजानुको सट्टा पुरी तर्फ लिएर गयो । त्यहाँ स्थित एक घरमा दुई जनाले मलाई पालो पालो बलात्कार गरयो । त्यही अन्य दुई जना बाहिरबाट घरको ढोका बन्द गरेर त्यहाँबाट गए ।"
पुरी शहरको झाडेश्वरी क्लबको नजिकै प्रहरी क्वार्टरमै पीडित महिला उपर कथित बलात्कार गरेको आरोप लगाइएको छ । प्रहरीले जनाए अनुसार बलात्कारको समय पनि ती महिलाले बलात्कार गर्ने एक जनाको पर्स (बटुवा) लिएकी थिइन जसलाई हेर्दै त्यहाँको प्रहरीले उसको फोटो र आधारकार्ड बरामद गर्न सजिलो भयो । त्यस्कै मदतबाट एक आरोपित पहिचान भईसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, पहिचान गरिएको आरोपित प्रहरी काँस्टेबल हुन भने उनलाई पक्राउ गरिसकेको छ । उनलाई जागिरबाट निलम्बन समेत गरिदिएको जनाइएको छ । पुरी प्रहरी प्रमुख उमा शंकर दासका अनुसार बाँकी आरोपितलाई पक्राउ गर्ने प्रयास जारी रहेको छ भने पीडित महिलालाई स्वास्थ्य जाँचको लागि अस्पताल पठाइएको जनाइएको छ ।
रक्षक नै भक्षक भएपछि भारतमा महिला असुरक्षित महसुस गर्न थालिएको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…