शहिदनगर नपाको सबै वडामा योग शिविर
जनकपुरधाम, २४ पुस । शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले नगरको सबै वडामा योग शिविर सँचालन गर्ने बताएका छन् । सोमबार योग समिति यदुकूहाको प्रथम वार्षिकोत्समा प्रमुख अतिथिको आसनबाट बोल्दै बरबरियाले नगरको पहिलो परिषद् बाट नै विभिन्न वडाको लागि योग शिविर सँचालन गर्ने बजेट विनियोजन गर्ने प्रतिवद्ध

२०७४ पुस २४ सोमबार, बेलुकी ५:४८ बजे१ मिनेट पढाइ

जनकपुरधाम, २४ पुस ।
शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरियाले नगरको सबै वडामा योग शिविर सँचालन गर्ने बताएका छन् ।
सोमबार योग समिति यदुकूहाको प्रथम वार्षिकोत्समा प्रमुख अतिथिको आसनबाट बोल्दै बरबरियाले नगरको पहिलो परिषद् बाट नै विभिन्न वडाको लागि योग शिविर सँचालन गर्ने बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाए ।
दैनिक रुपमा सुस्वस्थ्यको लागि योग एउटा असल माध्यम भएको दर्साउँदै बरबरियाले एउटा स्वास्थ्य नगरको लागि योग शिविर सँचालन अति आवश्यक रहको औल्याँए ।
मानिसको सबै भन्दा ठुलो धनको रुपमा रहेको स्वास्थ्य जस्तो सँवेदनशिल क्षेत्रलाई जीवन्त राख्नको लागि हरेक वडामा योग शिविर अपरिहार्य रहेको थपे ।
योग समितिका अध्यक्ष मिथिलेश मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरकी उपमेयर शिला कापर, योग गुरु मनोहर साह, वडा अध्यक्ष नागेन्द्र मण्डको विशेष अतिथ्य रहेको थियो भने आयुर्वेद औषधालय समिती अध्यक्ष राम नारायण ब्यार लगायत योग साधक हरु को उपस्तिथीमा मेयर बरबरियाले आयुर्वेद र योग लाई सहिद नगरपालिकाले पहिलो प्रथमिक्ता मा राख्ने तथा योग शिविर चाँडै सँचालन गर्ने उदघोष गरेका हुन ।
नगरका वार्ड न ३ का वडाध्यक्ष नागेन्द्र मन्डलले समेत आयुर्वेद र को बिकाश को लागि सदैब लागि रहने प्रतिबद्धता जनाए । कार्यक्रम दैनिक योग गर्न आउने योग साधक हरु को जन सहयोगमा आयोजन गरिएको थियोे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…