बोर्डरमा प्रहरीको 'डग टोली'
विस्फोटक पदार्थ बोकेको नबोकेको भनेर यकिन गर्न डग टोली परिचालन गरिएको

२०७६ मंसिर १० मंगलबार, बिहान ८:२८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरमा प्रत्येक वर्ष लाग्ने विवाहपञ्चमी महोत्सवलाई मध्यनगर गर्दै नेपाल भारतको बोर्डर (सीमा) मा प्रहरीको डग टोली चेकजाँच तीव्र पारेको छ ।
धनुषाको धनौजी गाउँपालिका वडा नं. ४ भडरिया नाका स्थित नेपालबाट भारत तर्फ र भारतबाट नेपाल तर्फ आउने यात्रीहरुलाई नेपाल प्रहरीको डग टोली सुक्ष्म रुपमा चेकजाँच गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
भडरिया स्थित नेपाल भारतको सीमानाकामा प्रदेश नं. २ को केनाईन शाखा लालगढबाट हेन्डलर सहितको डग टोलीले सीमा भएर आवात जावत गर्ने सर्वसाधारणहरुलाई कुनै अवैद्य वा विस्फोटक पदार्थ बोकेको नबोकेको भनेर यकिन गर्न डग टोली परिचालन गरिएको जनाइएको छ ।
आगामी मँसिर १४ गते हुन लागेको उपचुनावलाई समेत मध्यनजर गर्दै कुनै अपराधिक क्रियाकलाप वा अप्रिय घटना नहोस भन्ने उदेश्यले सीमानाकामा कडाईका साथ चेकजाँच सुरु गरिएको हो । नेपाल प्रहरीको प्रशिक्षित कुकुरहरु सहितको टोलीले सीमामा आवात जावत गर्नेहरुको ब्याग, झोला, मोटरसाईकल, साईकल, अटो रिक्सामा कुकुर छिराएर चेकजाँच गराइएको हो ।
त्यसको लागि ईलाका प्रहरी कार्यालय औरहीबाट प्रहरी सहयाक नीरिगकको कमाण्डमा ३ जना, प्रहरी चौकी धनौजीबाट प्रहरी सहायक नीरिक्षकको कमाण्डमा ४ जना गरी जम्मा ७ जना र सिमा सुरक्षा बल धनौजीबाट सहायक प्रहरी नीरिक्षकको कमाण्डमा ६ जना समेतको संयुक्त टोलीले भारतबाट नेपाल तर्फ र नेपालबाट भारत तर्फ आवत जावत गर्ने सवारी साधन, पैदल यात्रीहरुलाई संयुक्त रुपमा चेकजाँच गरिएको जनाइएको छ ।
विवाहपञ्चमी महोत्सव मँगलबार (आज) देखि विधिवत रुपमा सुरु भएको हो । विवाहपञ्चमी महोत्सवमा आज जानकी नगर दर्शन कार्यक्रम रहेको छ । विवाहपञ्चमीमा लाखौं श्रद्धालुहरु आउने गर्दछन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…