'शेर–ए–मधेश'
अन्तत: सबैजनाले यति मात्र भने, 'यही हो मधेशको असली शेर' !

२०७६ मंसिर ८ आइतबार, बिहान ९:०५ बजे३ मिनेट पढाइ

सम्पादकीय ||
यतिबेला समाजिक सञ्जाल र देशभरि नै डा. सिके राउतको चर्चा निकै चलेको छ । सुरुदेखि नै मधेश र मधेशी समुदायको मुद्दालाई अगाडी सारेर हिरो बनेका डा. सिके राउत अहिले मधेशको लागि शेरे मधेश भएर उभिएको महसुस आम नागरिकले गरेको देख्न पाइयो ।
कुनै बेला डा. सिके राउत सुन्दै देशद्रोही र जहाँ पायो त्यहीबाट नेपाल प्रहरीले पक्राउ गरी कारागारभित्र हाल्ने प्रवृतिलाई पनि पन्छाउँदै डा. सिके राउत शनिबार (मँसिर ७ गते २०७६) काठमान्डौंको टुँडिखेल मैदानमा गएर गर्जेपछि मधेशी समुदायको भरोसा झन मजबुत भएको पनि देखियो । काठमान्डौंमा मधेशी समुदायसँग रँगको आधारमा गर्ने व्यवहार विरुद्धको बोल्दै उनले मधेशी राष्ट्रनिर्माता रहेको र अहिले पनि यदि रँगकै आधारमा मधेशी सँग काठमान्डौंमा विभेद गरिए हावा कहाँ छ, पानी कहाँ छ आगो कहाँ छ भनेर सोध्न बाध्य बनाउने चेतावनी खुल्ला मञ्चबाट चेतावनी दिरहँदा उपस्थिति हजारौं मधेशी समुदाय तालीको गडगडाहट रोक्न सकेनन् ।
काठमान्डौंमा डा. सिके राउत सुन्ने वित्तिकै देश टुक्राउने देशद्रोही जस्तो ईमेज बनेको बेला शनिबार टुँडिखेल मैदानमा रँगभेदी विरुद्ध दिवसको अवसरमा खुल्ला मञ्चबाटै सरकार र यहाँका राजनीतिक दल विरुद्ध गर्जिदाँ काठमान्डौं हल्लिएको पनि महसुस गरियो । हालाकी, काठमान्डौंका मिडियाहरुले भने उनले आफ्नो भाषणमा बोलेकी केही अंशलाई मात्र समेटेर समाचार बनाउन भ्याए पनि उनले करिब ३० मिनेटको भाषणमा मधेशी नै राष्ट्रनिर्माताको रुपमा उभिएको भनेर महसुस पनि गराए ।

समाजिक सञ्जालमा डा. सिके राउतको भाषण प्रत्यक्ष प्रसारण भईरहँदा देश विदेशमा छरिएर रहेका मधेशी समुदायका युवाहरुले जय मधेश र मधेशका शेर डा. सिके राउत जस्ता शब्दले टिप्प्णी भरेको पनि देखियो । जब डा. राउतले खुल्ला मँचबाटै भन्दै थिए– "गोर्खा भर्ना केन्द्र खोलेर नेपालका युवाहरुलाई बेच्न राष्ट्रघात गर्ने कोही मधेशी थिएनन्, २००७ सालमा असमान सम्झौता गर्ने कोही मधेशी थिएनन्, २००८ सालमा नेपालको मन्त्रिपरिषद् भित्र विदेशी राजदुतलाई पसाउने कुनै मधेशी थिएनन्, विदेशी सेनालाई ललितपुरमा सैनिक क्याम्प खोल्न दिने कुनै मधेशी थिएनन्, २०१० सालमा नेपालको दार्चुलामा विदेशी सेना बसाएर नेपाली किसानहरु माथी दमन गराउने कोही मधेशी थिएनन्, सीमा क्षेत्रमा विदेशी सेनालाई बोलाएर उनीहरुलाई क्याम्प खोल्न दिने कुनै मधेशी थिएनन्, २०११ सालमा कोशी सम्झौता गरेर कोशी बेच्ने पनि कुनै मधेशी थिएनन्, त्यो सबै खोक्रो राष्ट्रवादीहरु थिए ।” त्यतिबेला तालीको गडगडाहट र युवाहरुको जोश र उत्साह शब्दप्रति नभएर आफूलाई मधेशी हुनुप्रति देखिएको थियो र त्यतिबेला मधेशी को हुन ?" - भनेर डा. राउतले इतिहास सुनाउँदै थिए ।
समाजिक सँजालमा गरिएको टिकाटिप्पणीले मधेश र मधेशीको मुद्दालाई जीवन्त राखी मधेशको लागि लडने एक मात्र वीर हुन र त्यो हो डा. सिके राउत । जसले काठमान्डौं पसेर काठमान्डौं एक्लै हल्लाउने क्षमता पनि निहित गरेको छ । चरम यातना सहेर, महिनौसम्म जेल बसेर भएपनि मधेश र मधेशीको मुद्दालाई उनले विर्सेनन् । मधेशको मुद्दालाई अर्को बाटो भएर सम्बोधन गराउन भलेही उनले मूलधारको राजनीतिमा आए, तर आएपनि अन्य दलजस्तै मधेशको मुद्दालाई भने बेचेको देखिएनन् ।
काठमान्डौंमा मधेशी समुदायसँग रँग कालो देख्ने वित्तिकै गरिने व्यवहार विरुद्ध मँचबाटै गर्जिदै उनले गणतन्त्र ल्याउन गजेन्द्र नारायण सिँहले सभा गर्न खोज्दा अनुहार हेरी हेरी आक्रमण गरेको, मधेशीको पसलमा आगो लगाइएको भन्दै आज त्यही काठमान्डौंमा मधेशी समुदायका हजारौं युवा, युवति, महिलाले आफ्नो समान अधिकारको लागि शक्ति प्रदर्शन गर्न पायो खुल्ला रुपमा, र त्यो सम्भव डा. सिके राउतले गरेका थिए ।
युवाहरु भन्छन्, डा. सिके राउत मधेशका शेर हुन, शेर जहिले पनि दुई कदम पछाडी हुन मतलब आफ्नो शिकारलाई धपाउनु हो र मधेश र मधेशीको मुद्दालाई सँस्थागत गर्नको लागि मूलधारको राजनीतिमा आएको हो । काठमान्डौंमा पसेर यहाँका राजनीतिक दल र व्यक्तिहरुको असलीयत देखाउनु मधेशको कुनै नेताको वशको कुरा होइनन् । मधेशका थारु, आदिवासी, जनजातीलाई रँगको आधारमा गरिने गरेको व्यवहार नरोकिए अवस्था भयावह हुने चेतावनी दिरहँदा उपस्थिति थारु, आदिवासी, जनजाती, मधेशी समुदायमा उत्साह छाएको देखियो ।
काठमान्डौंको सार्वजनिक बसमा, स्कूलमा, कलेजमा, पसलमा, सैलुनमा, सडकमा हुने गरेको व्यवहार विरुद्ध खुलेर खुल्ला मँचबाटै गर्जेपछि अन्तत: सबैजनाले यति मात्र भने, - "यही हो मधेशको असली शेर" !
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…