कर्तव्य ज्यान मुद्धाको फरार 'वकिल' पक्राउ !
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश प्रहरी कार्यालय जनकपुरको सँयुक्त टोलीले पक्राउ गरेको हो ।

२०७६ मंसिर ४ बुधबार, बिहान ६:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले कर्तव्य ज्यान मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
धनुषा जिल्लाको साबिक लक्ष्मिपुर बगेवा गाविस वडा नं. ५ मा बस्ने वकिल कुमार झालाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय जिरेखन यादवको छोरा वर्ष ४५ को जैसिलाल यादवको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी जिल्ला धनुषा लक्ष्मिपुर बगेवा गाविस वडा नं. ५ मा बस्ने वकिल कुमार झाको श्रीमति वर्ष ४० की उषा देवी झा समेत भएको कर्तव्य ज्यान मुद्धामा वारदात पश्चात फरार रहेका झालाई प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटि गएको टोलीले पक्राउ गरेको हो ।
प्रतिवादी झालाई २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट सँयुक्त रुपमा खटि गएको प्रहरी टोलीले मँगलबार दिउँसो करिब १२ बजेको समयमा जिल्ला महोत्तरी भिठ्ठामोडमा लुकिछिपी रहेको अवस्थामा पक्राउ गरी प्रहरी प्रतिवेदन साथ दाखिला गरी जिल्ला अदालत धनुषामा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
यसका साथै, लाल कुमार सिंहको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी चन्दशेखर भन्ने अजाद यादव समेत भएको संगठित अपराध तथा डाँका मुद्धाका एक आरोपितलाई समेत पक्राउ गरिएको हो । जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नं. १२ वस्ने वर्ष ३५ को सुरेन्द्र कुमार यादवलाई पक्राउ गरिएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाको अनुरोध बमोजिम २ नं. प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट समेतबाट खटि गएको प्रहरी टोलीले यादवलाई खोजतलास गर्दै जाने क्रममा मँसिर २ गते सोमबार नै करिब दिउँसो ३ बजेको समयमा उनकै घरबाट पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा पठाएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…