धनुषाबाट ७ मोटरसाईकल चोर पक्राउ
उनीहरु विभिन्न समयमा मोटरसाईकल चोरीको घटनामा सँलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको

२०७६ मंसिर ३ मंगलबार, राति ८:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । विभिन्न समयमा मोटरसाईकल चोरीमा सँलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषा प्रहरीले धनुषा जिल्लाको सबैला नगरपालिका वडा नम्बर १ मोसरि टोल बाट केही दिन अघि मोटरसाईकल चोरीमा सँलग्न एक युवकलाई पक्राउ गरेको हो । मोटरसाईकल चोरी भएको उजुरी आधारमा जिल्ला प्रहरी कार्यालय धनुषा मातहतको ईलाका प्रहरी कार्यालय सबैलाको प्रहरी टोलीले स्थानीय काशिन्द्र सदालाई पक्राउ गरेको हो ।
ज ५ प ७१६३ नम्बको ग्लामर कम्पनीको मोटरसाईकल चोरी आरोपमा अन्दाजी बर्ष २५ का सदालाई विशेष सुराकीको आधारमा पक्राउ गरेको जनाइएको छ । उनलाई जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धानमा राखिएको जनाइएको छ । यस्तै मोटरसाईकल चोरी आरोपमा धनुषाको शहिदनगर नगरपालिका वडा . २ बस्ने अन्दाजी बर्ष २० का विजय यादव र विदेह नगरपालिका वडा नं. २ बस्ने अन्दाजी बर्ष २० का राजन यादवलाई समेत पक्राउ गरिएको जनाइएको छ ।

यस्तै, जिल्ला महोतरी बर्दिबास नगरपालिका वडा नं. १३ भेडियाही बिजलपुरा टोल बस्ने बर्ष २३ को अरुण कुमार राउत, बर्ष २२ को सुनिल कुमार चौधरी, बर्ष १९ को राम पुकार भण्डारी सहित जिल्ला महोतरी औरही नगरपालिका वडा नं. ३ वस्ने मनोज कुमार ठाकुर समेतका रहेका छन् । उनीहरु विभिन्न समयमा मोटरसाईकल चोरीको घटनामा सँलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनीहरुले ज.६ प. ५४६० नं. को पल्सर मोटरसाईकल, बा. ४७ प. ९९४३ नं. को पल्सर मोटरसाईकल, ज. ९ प. ९०८ नं. को सुपर स्पलेण्डर मोटरसाईकल , ज. ६ प. ९७७५ नं. को आईसर मोटरसाईकल, र ज. ७ प. ९८८१ नं. को डिस्कभर मोटरसाईकल चोरीमा सँलग्न रहेको जनाइएको छ । यी नम्बरका मोटरसाईकलहरु प्रहरीले नियन्त्रणमा लिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…