धनुषा : सबैला नगरपालिकामा एक वडाध्यक्षको घर नै वडा कार्यालय
न्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिमा एक वडाध्यक्षले आफ्नै घरमा वडा कार्यालय सञ्चालन गर्दै आएपछि अन्नतः स्थानीयले चाँसो लिएको छ । सबैला नगरपालिका ५ का वडाध्यक्ष देबेन्द्र प्रसाद यादव आफ्नै घरमा वडा कार्यालय सञ्चालन गर्दै आएका छन् । स्थानीयहरुले त्यसप्रति चाँसो लिँदै वडा कार्यालयको व्यवस्थापन

२०७६ मंसिर १ आइतबार, बेलुकी ६:३५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । धनुषाको सबैला नगरपालिमा एक वडाध्यक्षले आफ्नै घरमा वडा कार्यालय सञ्चालन गर्दै आएपछि अन्नतः स्थानीयले चाँसो लिएको छ ।
सबैला नगरपालिका ५ का वडाध्यक्ष देबेन्द्र प्रसाद यादव आफ्नै घरमा वडा कार्यालय सञ्चालन गर्दै आएका छन् । स्थानीयहरुले त्यसप्रति चाँसो लिँदै वडा कार्यालयको व्यवस्थापन गरेर कार्यालय सञ्चालन गर्न माग गरेका हुन् ।
उनीहरुले नगरका प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानकर्षण गराउँदै सार्वजनिक ठाउँमा वडा कार्यालय सञ्चालन गराउन माग गरेका छन्् । एक स्थानीय भने, ‘वडा कार्यालय सार्वजनिक स्थलमा हुनुपर्यो, तर यहाँ व्यक्तिगत आफ्नो घरमा राखिएपछि सर्वसाधारणलाई निकै कठिनाई हुँदै आएको छ ।’
वडाध्यक्षले आफ्नो घरमा वडा कार्यालय सञ्चालन गर्नु गलत रहेको भन्दै यथाशिघ्र सुनुवाई गर्न माग गरिएको छ । यता, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले वडा कार्यालयको भवन नभएका कारण वडाध्यक्षकै घरमा कार्यालय सञ्चालन गर्नुपरेको बताए । उनले सर्वसाधारणलाई समस्या भएको गुनासो आएपछि घर भाडामा लिएर भएपनि चाँडै वडा कार्यालयको व्यवस्थापन गर्ने जनाए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…