धनुषा : बलात्कारको घटना ढाकछोप गर्न १ लाख ?
जाहेरी दर्ता भएकै दिनदेखि फरार रहेका पीडकको खोजी भैरहेको भैरहेको प्रहरी निरीक्षक राजन थापाले बताए ।
२०७६ कार्तिक २८ बिहीबार, राति ८:०६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा १४ वर्षीय नाबालिकामाथि जबर्जस्ती करणी घटनालाई गाउँमै मिलाउने प्रयास गरिएको पीडित परिवारले आरोप लगाएका छन् ।
धनुषाको कमला नगरपालिका वडा नं. १ मँगराहा गाउँका २५ वर्षीय एक युवकले गत कार्तिक ११ गते राती ११ बजे जबर्जस्ती करणी गरेपछि स्थानीय जनप्रतिनीधि सहित गाउँका पञ्चहरुले घटनालाई गाउँमै दबाउन खोजिएको पीडित परिवारले आरोप लगाएको हो । पीडित परिवारका अनुसार, जबर्जस्ती करणी गर्नेमाथि प्रहरीमा किटानी जाहेरी दिए पनि वडा नं. १ का वडाध्यक्ष अध्यक्ष राज कुमार यादव लगायत केही व्यक्तिले घटनालाई ढाकछोप गरी गाउँमै मिलाउने प्रयास गर्दै आएका हुन् । तर, ईलाका प्रहरी कार्यलय खजुरीका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजन थापाका अनुसार पीडक दासमाथि कार्तिक १५ गते जबर्जस्ती करणीको किटानी जाहेरी दर्ता भैसकेको बताए ।
जाहेरी दर्ता भएकै दिनदेखि फरार रहेका पीडकको खोजी भैरहेको भैरहेको प्रहरी निरीक्षक राजन थापाले बताए । प्रहरीका अनुसार कार्तिक ११ गाते रातीको ११ बजे घटना स्थलमै गाउँ केही युवाहरूले देखि पछि घटना सार्बजनिक भएको थियो ।
घटना मिलाउन एक लाख जरिवाना
कार्तिक ११ गते गाउँमा मेला लागेको मौकाछोपेर राती ११ बजे गाउँ नजिकै चौरमा लगेर जबर्जस्ती करणी गरिरहेको अवस्थामा घटना स्थलमा गाउँका युवाहरूले देखिए पछि उनी दुबैजनालाई समातेर गाउँमा ल्याए त्यसपछि सोही वडाका अध्यक्ष राज कुमार यादव सहित गाउँका पञ्चहरुले घटनालाई बाहिर सर्बजनिक हुन् दिनुभन्दा गाउँमै मिलापत्र गराउने कुरा राखियो ।
त्यसपछि आज रातीको समय धेरै भएको भन्दै अब निर्णय भोलिपल्ट गर्ने भनेर वडा अध्यक्ष सहितको पञ्चहरुले युवकलाई भोलि उपस्थित गराउने सर्तमा उनका पिताको जिम्मा लगाएर सबै पञ्चहरु आ आफ्ना घर गए । त्यसको भोलिपल्ट दिउँसोको पञ्चायतमा दुबै पक्षका मान्छे बोलाएर तुरुन्त सामाजिक कारबाहीको प्रक्रिया अगाडि बढाए पञ्चहरुले यो जबर्जस्ती होईन दुबै जनाको सहमतिमा भएको निष्कर्ष निकाल्दै दुबै जनालाई बिहे गराउने कुरा चलाए तर युवक बिबाहित भएकोले बहुबिबाह गराउन नमिलेपछि पञ्चायत बसेको सार्बजनिक रूपमै बालिकालाई सामान्य कुटपिट गरियो र युवकलाई कपाल काटी कालोमोसो दलेर जुत्ताको माला लगाएर गाउँकै परिक्रमा गर्न लगाए त्यसपछि युवकलाई एक लाख जरिवाना तोकिए ।
जरिवाना भएको एक लाख गाउँमै बाँडफाँड गर्ने निर्णय गरियो गाउँको पुर्वी टोललाई पचास हजार र पश्चिम टोललाई पचास हजार एकातिर पचास हजारले मन्दिरमा लगाउने र अर्का तिर जमिन खरिद गर्ने निचोड निकाले त्यसपछि गाउँ केहि मान्छेले जसको इज्जत गयो उसले के पायो भनेर प्रश्न गरेपछि गाउँकै पञ्चहरुको मत एकाअपसमा बाझिए । बालिकापक्ष गरिब भएका कारण बालिकाको बिहेमा हुने खर्च तिराउने गरि बालिकापक्षका पञ्चाहरुले माग राखेर चार दिन सम्म लामो छलफल गाउँमै चलाइरहे । चार दिनसम्म छलफल भए पनि मिलापत्र नभएपछि पीडित परिवार ईलाका प्रहरी कार्यलय खजुरीमा किटानी जाहेरी दिन गएको बताईएको छ ।
एउटा जनताबाट निर्वाचित प्रतिनिधिले बलात्कार जस्तो घटनालाई पैसाको बलमा ढाकछोप गर्नु दुर्भाग्य र अमानवीय रहेको पीडित परिवारको कथन छ । यता, वडाध्यक्ष राजकुमार यादवले आफूलाई यस घटनाबारे केही पनि जानकारी नभएको प्रतिक्रिया दिएका छन् । यस घटनामा आरोपित उपर जाहेरी दर्ता भएको बताउँदै प्रहरीले अनुसन्धान सुरु गरिएको बताए ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…