खेलकूदबाट समाजमा एकता बलियो हुन्छ : कानुनमन्त्री यादव
खेलकूद समाजको अभिन्न अँगको रुपमा स्थापित हुँदै गएको जीकिर

२०७६ कार्तिक २७ बुधबार, राति ८:४८ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले खेलकूदबाट विभिन्न समाजलाई एकतावद्ध गर्न सकिने बताएका छन् ।
छठ पर्वको अवसरमा आयोजित प्रदेश स्तरीय टि–१० खुल्ला क्रिकेट प्रतियोगिताको समापन समारोहमा बोल्दै मन्त्री यादवले खेलकूदको मार्फत विभिन्न समुदायमा सदभाव कायम राखी विभिन्न ठाउँका युवा खेलाडीहरुलाई एकतावद्ध गर्न मदद गर्ने बताए । खेलकूदको माध्यममबाट प्रदेश र देशको नाम अन्तराष्ट्रिय स्तरमा समेत चिनाउन सकिने बताउँदै उनले खेलकूद समाजको अभिन्न अँगको रुपमा स्थापित हुँदै गएको जीकिर गरे ।
उनले भने - "खेलकूद नै यस्तो माध्यम हो जसले जिल्ला जिल्ला, प्रदेश प्रदेश र देश देशलाई जोडेको छ । खेलकूद मात्र हारजीतको नभएर सदभाव र सम्बन्धको लागि पनि खेलिन्छ । यसको माध्यमबाट विभेद रहीत समाज निर्माण गर्न सकिन्छ र खेलकूदकै मार्फतबाट सभ्य समाजको निर्माण पनि गर्न सकिने सम्भावना उत्तिकै छ । प्रदेश नं. २ का युवाहरुको लागि सरकारले खेलकूद विकासको लागि बेग्लै योजना ल्याउन लागेको जानकारी गराउन चाहन्छु ।"

प्रत्येक बर्षझैं छठ पर्वको अवसरमा क्रीकेट खेललाइ निरन्तरता दिदै जिल्लाको क्षिरेश्वरनाथ नगरपालिकाको सन्चिरैया क्रीकेट टीमले आयोजना गरेको प्रदेशस्तरीय खुल्ला क्रीकेटमा आयोजक टीमलाइ पछि छोड्दै बिरगंजले जित हासिल गरेको हो । बुधबार क्रीकेट मैदानमा टस जितेर बिरगंजले ब्याटिङ रोजेपछि खेल आरम्भ गरिएको थियो । जसमा बिरगंजले आयोजक टीमलाई १ सय ४३ रनको लक्ष्य दिदै आफ्नो पारी समाप्त गरेको थियो। दोस्रो पारि खेलेका सन्चिरैया टीमले आफ्नो सम्पुर्ण विकेट गुमाउदै मात्र ७६ रन जोडेर रनर अप बन्न पुगेको थियो ।
माँ सन्चिरैया क्लबका अध्यक्ष कबिन्द्र यादवको अध्यक्षता एवम् प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको प्रतियोगितामा वीरगँजको प्रदर्शन बलियो भएपछि विजयी हाँसिल गर्न सफल भएको थियो । सो कार्यक्रमको दौरान खेलाडीहरुलाई कानुनमन्त्री यादवले विजेता टीमलाई २५ हजार रुपैयाँ तथा दोस्रो भएको टिमलाई १५ हजार गरी शिल्ड समेत प्रदान गरेका थिए ।
उक्त खेलमा म्यान अफ द सिरिज र बेस्ट बलर बिरगंजका खेलाडी क्रमशः शदाम हुसैन तथा रबिन्द्र ठाकुरलाई प्रदान गरिएको छ। आयोजक टिमबाट कपिल यादवलाइ बेस्ट ब्याट्स म्यानको उपाधी सहित सवैलाइ सम्मानित गरिएको हो। बिशेष अतिथि रुपमा नथुनि यादव ,दवाइ यादव,अरुन यादव,लोचन मण्डल ,डा चन्देश्वर यादव,समभु यादव,नन्द कुमार मण्डल, केवल यादव जस्तै लगायत उपस्थित रहेको थियो ।
समाजवादी पार्टी को जिल्ला सदस्य मामिला तथा कानुन सचिव लिलित मण्डलको विशेष उपस्थितिमा सँचारकर्मी शम्भु पण्डितलाई समेत प्रसंशा पत्र प्रदान गरी सम्मान गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…