लुडो खेल्न नदिएपछि एक युवकको हत्या !
बेहोस भएपछि उपचारको लागि वीरगँज अस्ताल लगेपछि उपचारको क्रममा उनको मृत्यू भएको प्रहरीले जनाएको छ ।

२०७६ कार्तिक २५ सोमबार, बिहान १०:३२ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । लुडो खेल्ने विषयमा विवाद हुँदा एक युवकको हत्या भएको प्रहरीले जनाएको छ ।
सर्लाहीको विष्णु गाउँपालिका वडा नं. २ पकडीगोठमा लुडो खेल्ने विषयमा विवाद हुँदा एक युवक उपर रड प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । स्थानीय विकाउ भन्ने अन्दाजी बर्ष २४ का विकास कुमार साहलाई स्थानीय सँतोष कुमार झाले रड प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
विष्णु गाउँपालिका वडा न.२ पकडिगोठमा गत शुक्रबार साधारण लुडो खेलको विवादलाई लिएर झगडा भएको थियो । गाउँलेहरू मिलेर छुट्टाउन प्रयासले झगडा झुटेको झन्डै २० मिनेट पछि विवाद उग्र भएर झडपको रुप लिएपछि घटना भएको बताइएको छ । आरोपित झाले साहको टाउकोमा रड प्रहार गरेपछि उनी तत्कालै बेहोस भएका थिए । बेहोस भएपछि उपचारको लागि वीरगँज अस्ताल लगेपछि उपचारको क्रममा उनको मृत्यू भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार साहको हत्या आरोपमा सँतोष झालाई नियन्त्रणमा लिएको हो । प्रहरीले दिएको जानकारी अनुसार द्दिपक्षिय झगडाको क्रममा झडपको रुप लिएपछि आरोपित झाको पनि घाईते भएका छन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको छ भने अनुसन्धान अगाडी बढाइएको हो ।
यसरी भयो घटना :
घटना स्थल र झगडा छुटयाउन गएको प्रक्षयदर्शि बताए अनुसार ४ जना युवाहरू एक आपसमा समय पासका लागि लुडो खेलिरहेको थियोे । त्यसै क्रममा संतोष झाले अचानक कताबाट आएर मलाई पनि खेल्न दिनु भन्नेर भनेपछि मृतकको भाईले खेलाउन मानेनन् आफुलाई खेल्न नदिएको रिषमा गाली झडप गर्न लागेपछि कस संग झडप हुन लागेको हर्न जादा मृतक साहको भाइ संग झगडा भईरहेको थियोे ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…