घाँटी रेटेको अवस्थामा पुरुषको लास फेला !
लासलाई पोष्टमार्टमको लागि ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

२०७६ कार्तिक २१ बिहीबार, बिहान ११:३३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । घाँटी रेटेर मृत अवस्थामा सिरहामा एक पुरुषको लास (शव) फेला परेको छ ।
सिरहा नगरपालिका वडा नम्बर १२ सारसर बेल्हा स्थित कमलानदीको पूर्वी तटबन्धको पूर्वपट्टी एक पुरुष घाँटी रेटेको मृत अवस्थामा फेला परेको हो । रगतले लतपत उक्त पुरुषको कसैले घाँटी काटेर हत्या गरी फालेको अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार विहिबार (आज) विहान स्थानीयहरु घर बाहिर निस्केपछि गाउँदेखि केही दुरीमा मात्र उत्तः पुरुषको लास देखेपछि प्रहरीलाई खवर गरेको थियो ।
अन्दाजी ५० बर्षिय देखिने उक्त पुरुष (मृतक) को पहिचान हुन सकेको छैन । जिल्ला प्रहरी कार्यालय सिरहाको टोली अहिले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । लासलाई पोष्टमार्टमको लागि ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । यसबारे थप अपडेट बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…