अब नेता राज चल्दैन, जनमत पार्टीले जनता राज कायम गर्छ : डा. सिके राउत
डा. राउतले समाजलाई दलदल अवस्थामा पुर्याएको डेट एक्सपायर पार्टीको चंगुलबाट बाहिर आउन सुझाव दिए ।

२०७६ कार्तिक १५ शुक्रबार, बिहान ९:३१ बजे४ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले अब नेताको राज नभई जनताको राज कायम हुने बताएका छन् ।
धनुषाको बरमझियामा बिहीबार आयोजित बैदेशिक रोजगारको क्रममा साउदीमा ज्यान गुमाएका विनोद यादवको श्रद्धाञ्जली समारोहलाई सम्बोधन गर्दै डा. राउतले यस्तो बताएका हुन् । उनले अहिलेको दलदल अवस्थाबाट माथि आउन अर्थात् जनता राज कायम गर्न जनताको साथ चाहिएको बताए ।
उनले सदियौंदेखि अपेक्षासहित जनताले साथ दिएको पार्टी जनतालाई झन दलदलमा फसाएको तथ्य प्रमाणित भइसकेको भन्दै अब राम्रो पार्टी र सही नेतृत्व चयन गर्न आग्रह गरे । डा. राउतले विभिन्न पार्टीले रंगविरंगी आश्वासन बाँडेर जितेपछि स्वार्थमा लिप्त भई समाजलाई झन दलदल अवस्थामा पुर्याएको बताउँदै डेट एक्सपायर पार्टीको चंगुलबाट बाहिर आउन सुझाए ।
अध्यक्ष डा. राउतले अब मधेशमा जनमत पार्टीको विकल्प नरहेको भन्दै आफ्नो पार्टीलाई साथ दिन अपिल गरे । जनताले जनमत पार्टीलाई साथ दिए जनमत पार्टीले जनताराज कायम गर्ने उनले बताए । डा. राउतले मधेशका जनता अब जागरुग भइरसेको भन्दै मधेशमा अब नेता राज बढी समयसम्म नचल्ने ठोकुवा पनि गरे ।
जनमत पाटीका अध्यक्ष डा. राउतद्धारा बिहीबार धनुषाको बरमझियामा व्यक्त मन्तव्यका केही अंश जस्ताको त्यस्तै :
स्टेज पर जो दो तस्वीरें लगी है वैदेशिक रोजगार के क्रम में साउदी अरब में मृत्यु हुये स्व. विनोद यादव और बाँके जिला से गिरफ्तार होकर पुलिस कस्टडी में हत्या किये गये शहीद स्व. राम मनोहर यादव की, वे प्रतिनिधि है। एक तस्वीर के पीछे हजारों तस्वीर मौजूद है।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…