प्रहरी नै घुससहित रंगेहात पक्राउ
पक्राउ गरिएका कलबार उपर आवश्यक अनुसन्धान जारी राख्दै उनलाई हेटौडा लगिएको जनाइएको छ ।

२०७६ कार्तिक १४ बिहीबार, दिउँसो ३:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । प्रदेश नं. २ को बारा जिल्लाबाट एक प्रहरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित रँगेहात पक्राउ गरेको छ ।
बारा जिल्लाको प्रहरी चौकी गञ्जभवानीपुरमा कार्यरत प्रहरी नायब निरीक्षक जटाशंकर प्रसाद कलवारलाई बिहिबार रँगेहात पक्राउ गरेको हो । कलबारले भारतबाट मालसामान ल्याउन सहज गराई दिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटि गएको टोलीले उनलाई रँगेहात पक्राउ गरेको हो ।
जटाशंकरप्रसाद कलवारलाई सेवाग्राहीबाट ६० हजार रुपैयाँ घुस रकम लिइसकेको अवस्थामा कलैया उपमहानगरपालिका वडा नं. ४ स्थित रहेको श्रीराम खाद्य उद्योग अगाडिबाट पक्राउ गरिएको जनाइएको छ । पक्राउ गरिएका कलबार उपर आवश्यक अनुसन्धान जारी राख्दै उनलाई हेटौडा लगिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…