राज्यमन्त्री मण्डलद्धारा २ क्लबलाई खेल सामाग्री सहयोग
राज्यमन्त्री मण्डलले आगामी दिनमा प्रदेश २ अन्य क्रिकेट क्लबहरुलाई समेत खेल सामग्रीहरु प्रदान गर्ने योजनामा रहेको जानकारी दिए ।

२०७६ कार्तिक १३ बुधबार, बेलुकी ७:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातारण राज्यमन्त्री सुरेश मण्डलले सिरहाका दुई वटा क्रिकेट क्लबलाई खेल सामग्री सहयोग गरेका छन् ।
युवाहरुलाई खेलकुदले शारिरिक रुपले तंदुरुस्त तथा मानसिक रुपले स्वस्थ्य बनाउने उद्देश्यका साथ राज्यमन्त्री मण्डलले सिरहाको कल्याणपुर नगरपालिकामा रहेका माँ दुर्गा क्रिकेट क्लब कल्याणपुर र समाज कल्याण युथ क्रिकेट क्लब बेल्हालाई खेल सामग्री प्रदान गरेका हुन् । राज्यमन्त्री मण्डलले दुबै क्रिकेट क्लबलाई १२–१२ वटा युनिफर्म, २–२ वटा ब्याट, ६–६ वटा विकेट, १–१ दर्जन टेनिस बल, २–२ जोडा प्याड, २–२ वटा एडी र २–२ वटा ग्लब्स दिएका छन् ।
माँ दुर्गा क्रिकेट क्लबका अध्यक्ष धर्मेन्द्र साह र समाज कल्याण युथ क्रिकेट क्लबका अध्यक्ष मो. समीम अन्सारीलाई राजपाका युवा नेता धिरज मण्डल, श्रवण साह र बेचन मण्डलले ती खेल सामग्रीहरु हस्तान्तरण गरेका थिए । खेलकुदले समाजमा भाईचारा विकसित गराई समृद्ध तथा उन्नत समाजको निर्माण गर्न समेत मद्दत पुग्ने विश्वास राज्यमन्त्री मण्डलले लिएका छन् । साथै, राज्यमन्त्री मण्डलले आगामी दिनमा प्रदेश २ अन्य क्रिकेट क्लबहरुलाई समेत खेल सामग्रीहरु प्रदान गर्ने योजनामा रहेको जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…