ट्रम्पले ह्वाइट हाउसमा मनाए दीपावली
दीपावली मनाउने क्रममा उनले चाँदीको सुकुन्दामा दीप प्रज्ज्वलन गरेका थिए ।

२०७६ कार्तिक ११ सोमबार, बेलुकी ५:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा हिन्दुहरुको दोस्रो प्रमुख पर्व दीपावली मनाएका छन् ।
उनले आइतबार हिन्दु धर्मावलम्बीका साथ दीपावली मनाएका हुन् । दीपावली मनाउने क्रममा उनले चाँदीको सुकुन्दामा दीप प्रज्ज्वलन गरेका थिए ।
ट्रम्पले अमेरिकामा धार्मिक स्वतन्त्रता रहेको पनि बताए । उनले दीपावलीले अन्धकारमाथि प्रकाशको जितको सन्देश दिने जिकिरसमेत गरे ।
अमेरिकाको संविधानअनुसार सबै धर्म र धार्मिक अधिकारको रक्षाका हेतु आफ्नो प्रशासनले काम गर्ने ट्रम्पले प्रतिक्रिया दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…