जनकपुर : ओभर स्पीड थियो गाडी, त्यतिकैमा...
सो दुर्घटनामा परी चालक र खलासी समेत घाईते भएका हुन् ।

२०७६ कार्तिक ८ शुक्रबार, दिउँसो २:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषामा यात्रुवाहक बस दुर्घटना हुँदा कैयौं जना घाईते भएका छन् ।
धनुषाको ढल्केवर र बडहरीको बीचमा रहेको रमण पेट्रोल पम्प नजिकै तीव्र गतिमा रहेको एक यात्रुवाहक बस दुर्घटनामा परेको हो । नारायणघाटदेखि पूर्व काँडकभिट्टाको लागि छुटेको ना १ ख ६७२२ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा दर्जन बढी घाईते भएका छन् । उक्त दुर्घटनामा परी डेढ दर्जन बढी यात्रु घाईते भएको प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार तीव्र गतिमा रहेको यात्रुवाहक बस अनियन्त्रीत भएर दुर्घटना हुन पुगेको हो ।
सो दुर्घटनामा कुनै मानवीय क्षति भने नभएको तथा करिब १६ जना घाईते भएको र उनीहरुको उपचार नजिकै रहेको लालगढ अस्पतालमा भईरहेको जनाइएको छ । केही घाईतेलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको जनाइएको छ । सो दुर्घटनामा परी चालक र खलासी समेत घाईते भएका हुन् । घाईतेहरुको नाम भने खुल्न सकेको छैन ।

घाईतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको जनाइएको छ । दुई जनाको टाउकोमा गम्भिर चोट लागेको छ भने एक जनाको घाँटी नै मोडिएको छ तथा एक जनाको पाखुरा भाँचिएको जनाइएको छ ।

कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…