पहिले मलेठ नरसंहारको नाईकेलाई हथकडी लगाउनुपर्छ : राज्यमन्त्री यादव
गौर राईस मिलको घटना उठे सबभन्दा पहिले मलेठ नरसंहारको नाईकलाई नै हथकडी लगाउनुपर्ने अवस्था सृजना हुने

२०७६ कार्तिक ८ शुक्रबार, बिहान ९:३७ बजे४ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ का कृषि राज्यमन्त्री योगेन्द्र राय यादवले मधेश आन्दोलनको क्रममा सप्तरीको मलेठमा भएको नरसंहारको नाईकेलाई हथकडी लगाउनुपर्ने जीकिर गरेका छन् ।
तत्कालीन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा, सप्तरीको आह्वानमा तत्कालीन नेकपा (एमाले) को मेची महाकाली अभियान बिथोल्न उत्रिएका प्रदर्शनकारीसँग गत २०७३ साल फागुन २३ गते मलेठमा नरसंहार भएको थियो । एमाले र नेपाली काँग्रेसको सँयुक्त सरकार रहेको बेला भएको मलेठ नरसंहारको नाईकेलाई हथकडी लगाउनुपर्ने राज्यमन्त्री यादवले बताएका छन् ।
शुक्रबार न्यूज ब्यूरोसँग कुराकानी गर्दै राज्यमन्त्री यादवले विगतका द्धन्द्धकालिन घटनाहरुलाई समाजिक सँजाल, पत्रपत्रिका, अनलाईनहरुमा सैन्य उन्माद विरुद्धको लडाईसँग जोडिएको देखिएकोले सबभन्दा पहिले मधेश आन्दोलनको बेला सप्तरीको मलेठमा भएको नरसँहारको नाईकेलाई हथकडी लगाउनुपर्ने बताएका हुन् । राजनीतिक प्रतिशोध लिने मनसायले विगतका द्धन्द्धकालिन घटनाहरुलाई मुद्दा बनाएको भन्दै गौर राईस मिलको घटना उठे सबभन्दा पहिले मलेठ नरसंहारको नाईकलाई नै हथकडी लगाउनुपर्ने अवस्था सृजना हुने दाबी गरेका छन् ।
समाजवादी पार्टी नेपालका नेता समेत रहेका यादवले भने, - "गौरमा गत २०६५ साल माघ ७ गते घटेको घटना सैन्य उन्मादपछिको घटना हो, त्यसमा कुनै राजनीतिक सँलग्नता थिएनन, आम मधेशी जनताहरुले तत्कालिन माओवादीहरुलाई लखेटेको मात्र थियो । किनभने माओवादी कार्यकर्ताहरुले त्यति बेला मधेशीहरुलाई ताकी ताकी बेपत्ता पारेको र कैंयौंलाई मृत्यूको मुखमा झोंकेका थिए । त्यसकै विरुद्ध आक्रोसित जनमासले गौरको घटना भएको थियो । तर त्यसकै आडमा राजनीतिक प्रतिशोधको भावनाले कोई उन्माद मच्चाउँछ भने सबभन्दा पहिले मलेठका नाईकेलाई हथकडी लगाउ अनी मात्र गौर मुद्दामा जाउ ।"
राजनीतिक प्रतिशोध र बदला लिने हिसाबले विभिन्न सँचारमाध्यमहरुको मार्फत गौर राईस मिलको घटनालाई राजनीतिकरण गरेको बताउँदै उनले भने, - "यदि यस्तो हो भने पहिले मधेश आन्दोलनको नरसंहार, जनजाती आन्दोलनको बेला भएको नरसंहार र मलेठ घटनामा भएको नरसंहारको नाईके जेल जानुपर्छ ।"
मलेठ घटनाको नालीबेली

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…