अनैतिक सम्बन्ध प्रस्ताव नमानेपछि दलित उपर बर्बरता
विद्यानन्दको अनैतिक कथनको विरोधमा मनिताले उनका घरपरिवारलाई जानकारी गराउंदा पनि वेवस्ता गरिएपछि यस्तो घटना भएको बताइएको हो ।

२०७४ पुस २१ शुक्रबार, बिहान ८:५३ बजे२ मिनेट पढाइ

सिरहा, २१ पौष । सिरहाको लहानमा एक दलित महिलालाई मरनमस्सान गरी कुटपिट गरिएको छ ।
सिरहाको लहान नगरपालिका वडा नं. १९ कटहा टोल बस्दै आएकी अन्दाजी बर्ष ३२ की मनिता सदायलाई मरनमस्सान गरी कुटपिट गरिएको हो ।
टोलका विद्यानन्द यादवले विहिबार विहानै १० बजेतीर एक्कासी आएर कपाल समाती घिसारेको तथा उनका बुबा रामअशिष यादवले बांसको लठ्ठीले कुटपिट गरेको पीडित मनिता सदायले बताइन् ।
मनिताले ‘उसको छोरा एक दिन पहिले आएर अनैतिक क्रियाकलापको कुरा चलाएका थिए ।’ ‘मैले सिधै भने मेरो पति बाहिर छन्,’ अनि मलाई गलत नजरले नहेर्नु ।’ ‘उनी तैपनि अनैतिक किसिमले म संग व्यवहार गर्दा, ‘मैले उनलाई तिम्रो घरपरिवारलाई जानकारी गराउंने भने ।’ ‘अनि उनका घरपरिवारलाई जानकारी गराउंदा झन आक्रोशित भएका छन् उनी ।’
विद्यानन्दको अनैतिक कथनको विरोधमा मनिताले उनका घरपरिवारलाई जानकारी गराउंदा पनि वेवस्ता गरिएपछि यस्तो घटना भएको बताइएको हो ।
बाबुछोरा मिलेर कुटपिट गर्दा बर्ष ३२ की मनिताको जिउभरी निलडाम परेको छ । पीडित मनिता उपचारको लागि लहान अस्पतालमा भर्ना भएकी छिन् ।
पीडित मनितासंग दूई बच्चा रहेका छन् । आमालाई घाईते बनाएपछि उनका बच्चाहरु विचलीमा परेका छन् ।
पीडित मनितालाई स्हारसुसारको लागि माईतीपक्षकी आमा फेकनी सदाय भन्छीन् —‘दुखियालाई दुख दिनेको कमी छैन ।’‘यस्तो जाडोमा यि लालाबालाहरु विचलीमा छन् । मेरी छोरी नरभक्षीको शिकार भएका छन् । कानुनी राज्यमा यसरी मरनासन कुटपिट गरिएको छ । कानुनी उपचारको लागि सहयोग गरिदिन सबैलाई अनुरोध छ ।
उता, बाबुछोराका पक्षधर सोही अस्पतालमा भेटदा उनले भने ‘विवाद भएर महिलालाई कुटपिट गरेकै हो, तर कारण स्पष्ट भएन ।’ उनले बताए ।
यसबारे ईलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर युगेश्वर राउतले शुरुमा अनभिज्ञता देखाए तर पछि लहान १९ कटहाको सदाय थरको घटना होला है । अहिले अस्पताल सम्पर्क गर्छु इन्स्पेक्टर राउतले बताए ।
अल्पसँख्यक, दलित उपरको ज्यादतीलाई सरोकारबाला निकायले समयमै निराकरण गरी दोषीलाई कानुनको दायरामा ल्याउनुपर्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…