जनकपुर : मन्त्री महासेठले गरे ६ लेनको पूल शिलान्यास
पुल र नहर आयोजनाको निर्माण सम्पन्न हुने म्याद तीन वर्षको रहेको छ ।

२०७६ कार्तिक ६ बुधबार, बेलुकी ६:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । संघीय सरकारका भौतिक पूर्वाधार एवम् यातायात मन्त्री रघुविर महासेठले एकै दिन दुई योजनालाई शिलान्यास गरेका छन् ।
धनुषाको विकासमा टेवा पुग्ने दुई महत्वाकांक्षी आयोजनाको मन्त्री महासेठले शिलान्यास गरेका हुन् । मन्त्री महासेठले धनुषाको ढल्केवर–जनकपुर ६ लेन सडक खण्डको औरही पुल र जनकपुर– ढल्केबर सिंचाई नहर निर्माण कार्यको शिलान्यास गरेका हुन् । औरही पुल निर्माणका लागि ७४ करोड ७९ लाख ७२ हजार ३८० रुपैया ५७ पैसामा र नहर निर्माण कार्य ७० करोड ७५ लाख ४५ हजार ३९१ रुपैया ६६ पैसामा ठेक्का लागिसकेको छ ।
शिलान्यास समारोहमा बोल्दै मन्त्री महासेठले देशभर विकासले गति लिएको दावी गरे । उनले भने, ‘कसैलाई लाग्दै होला प्रतिपक्ष दलले जितेको क्षेत्रमा विकास गर्दैन । तर त्यस्तो सोच सरकारको छैन । प्रधानमन्त्री ज्यूले मलाई कुनै क्षेत्रलाई काखा र कुनैलाई पाखा नगरी विकास निर्माणको काम गर्न निर्देशन दिएको छ । र सोही बमोजिम विकास निर्माण कार्य भइरहेको छ ।’
पुल र नहर आयोजनाको निर्माण सम्पन्न हुने म्याद तीन वर्षको रहेको छ । आयोजना समयमै सकिने ठेकेदार कम्पनीले समेत जनाएको छ । नहर निर्माण भएपछि करिब हजारौं जनताले सिंचाइको सुविधा पाउने छन् । यस्तै ६ लेनको सडकमै पहिलो पटक औरही पुल ६ लेनको बन्न लागेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…