महोत्तरीमा वडाध्यक्षबाट सेवाग्राही निर्घात कुटिए !
न्यायको लागि सहयोग गरिदिन पीडितले सञ्चारकर्मी समक्ष पनि आग्रह गरेका छन् ।

२०७६ कार्तिक ३ आइतबार, बिहान ११:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा एक वडाध्यक्षबाट सेवाग्राही कुटिएका छन् ।
महोत्तरीको बर्दिबास नगरपालिका–१२ का वडाध्यक्ष रामकिशोर साहले सेवाग्राहीलाई कुटेका हुन् । न्याय माग्न वडा कार्यालय गएका बिजलपुराका २३ बर्षीय सुनिलकुमार महतोलाई वडाध्यक्ष साहले कुटेर घाइते बनाएको आरोपमा उजुरी परेको छ । प्रहरीले वडाध्यक्षविरुद्ध उजुरी दर्ता गर्न नमानेपछि पीडितले हुलाकमार्फत ‘उजुरी चिठी’ पठाएका थिए ।
न्यायको लागि सहयोग गरिदिन पीडितले सञ्चारकर्मी समक्ष पनि आग्रह गरेका छन् । दुई साताअघि पीडित महतोले चोरलाई कारवाही गर्न वडा कार्यालयमा निवेदन दिएका थिए । गत मंगलबार वडा कार्यालयले सुनिललाई बोलाएको थियो । छलफलका क्रममा विवाद विवाद भएपछि वडाध्यक्ष र उनको भाई राजकुमार साहले महतोमाथि निर्घात कुटपिट गरेका थिए ।
घटना स्थलबाटै फोन गरेर प्रहरीसँग गुहार मागेका सुनिलका बुवा लक्ष्मेश्वर महतोलाई पनि उनीहरुले कुटपिट गरेका पीडितको भनाइ छ । कुटाइबाट सुनिलको टाउको र खुट्टामा चोट लागेको छ । महतोले एक वर्षअघि वडाध्यक्ष वडा कार्यालयको टेवलमा खुट्टा तन्काएर सुतेको फोटो खिचेर पत्रकारलाई दिएका थिए । त्यो समाचार भाइरल भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…