अपडेट : रौतहट बम विस्फोटका घाइतेहरु प्रहरी सम्पर्कमा
आलमले बयानका लागि मुखै नखोले पनि बिस्फोटमा परेर घाइते भएका दुईजनाले दिइसकेका छन् ।

२०७६ कार्तिक ३ आइतबार, बिहान ८:३० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, रौतहट । रौतहटको राजपुरमा २०६४ चैत २७ गते साँझ भएको बम विस्फोटका जीवित घाइतेहरु रौतहट प्रहरीको सम्पर्कमा आएका छन् ।
बम बिस्फोटका सबै प्रमाण नष्ट गरेको भनिए पनि केही घाइते अहिले प्रहरीको सम्पर्कमा आएकाले अनुसन्धानमा सहज हुने बताइएको छ । घटना पुष्टिका लागि पर्याप्त प्रमाण प्रहरीले घाइतेहरुबाटै संकलन गरिसकेको जनाइएको छ ।
अनुसन्धान क्रममा एक सातादेखि प्रहरी हिरासतमा रहेका घटनाका आरोपित सांसद महम्मद आफताब आलमले बयानका लागि मुखै नखोले पनि बिस्फोटमा परेर घाइते भएका दुईजनाले दिइसकेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…