अन्ततः भगौडा 'यादव' पक्राउ !
जनकपुरकै केही पावरबाला नामुद व्यक्तिसँगको सम्पर्कमा बस्दै उनी भुमिगत भएका थिए ।

२०७६ असोज २९ बुधबार, राति ८:३७ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पावर र पैसाको आडमा बच्दै आएका सहयोगी विकास बैंकका सँचालक समिति सदस्य दिपेन्द्र यादव उर्फ 'दिपू' लाई आज धनुषा प्रहरीले पक्राउ गरेको छ ।
जालसाजी र ठगी मुद्दामा धनुषा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेपनि पावर र पैसाको बलमा उनी गौण भएका थिए । सहयोगी विकास बैंकका सञ्चालक समितिका सदस्य यादवले एक सेवाग्राहीले राखेको धितोमा जालसाजी गरी करोडौं मूल्यको जग्गा आफ्नो नाममा गराएपछि उनी उपर उजुरी परेको थियो । बैंकमा राखेको धितोमा यादवलाई लोभ लागेपछि जालसाजी र ठगीसम्म पुगेको बताइएको छ ।
धितो राखिएको जग्गा वापतको चुक्ता जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१० बस्ने लालबाबु रौनियारले तिरेपनि यादव त्यतिबेलासम्म महोत्तरीको बर्दिवासमा रहेको ५ कठ्ठा जग्गा यादवलाई व्यक्तिगत रुपमा दिएपछी ५० लाख रुपैयाँ ऋण लिएका थिए । धनुषा जिल्ला अदालतबाट गत साउन १३ गते पक्राउ पूर्जी जारी गरिएपनि उनी पैसा, पावरको आडमा फरारै अवस्थामा जनकपुरमै बस्दै आएका थिए । जालसाजीपछि पीडितले सो जग्गा दिलाइदिनका लागि अदालतमा मुद्दा दायर भएको लामो समयपछि जालसाजी तथा ठगी गरेको अभियोगमा पक्राउ पूर्जी जारी भएलगत्तै उनी फरार भएर भगौडा जीवत विताईरहेका थिए। फरार भएको करिब २ महिना पछि यादब बुधबार आफ्नो निजी निवास जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ बाट पक्राउ परेका छन् ।
पीडित रौनियारले ५० लाख रुपैयाँ वापत सावाको ब्याज सहित ७३ लाख रुपैयाँ भुक्तानी गरेपनि उक्त जग्गा फिर्ता नपाएपछि ६ वर्षअघि बैंकका सञ्चालक समिती सदस्य यादवमाथि मुद्दा दायर गरेका थिए । त्यसमा पनि ५ कठ्ठा जग्गा गुपचुप रुपमा यादवले २ करोड ७० लाख रुपैयाँ बेचिसकेका छन् । पीडित रौनियारले पटक–पटक यादवलाई जग्गा फिर्ता गरिदिन आग्रह गर्दा समेत बेवास्ता गर्दै आलटाल गरेपछि उनले जिल्ला प्रशासन सहित विभिन्न ठाउमा हुँदै अदालतमा समेत मुद्दा दिएका थिए ।
जनकपुरकै केही पावरबाला नामुद व्यक्तिसँगको सम्पर्कमा बस्दै उनी भुमिगत भएका थिए । धनुषाको प्रहरीको विशेष सक्रियतामा उनलाई आज पक्राउ गरीएको हो । धनुषा क्षेत्र नम्बर ३ को (क) नेकपाबाट प्रदेश सभाका उमेदवारि दिई पराजित भएका थिए । यादबलाई बुधबार (आजै) ठगि मुद्दामा अदालतले ३ दिनको म्याद थप गरि हिरासमा राखि अनुसन्धान गर्न आदेश दिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…