सिरहाको लहानमा इन्टर कलेज क्रिकेट प्रतियोगिता सुरु
सिरहा, २० पौष । सिरहाको लहानमा बुधबार देखि इन्टर कलेज क्रिकेट प्रतियोगिता शुरु भएको छ। लहान सिटि जेसिजको आयोजना र लहान स्पोर्ट एकेडमीको सहकार्यमा संचालित उक्त क्रिकेट प्रतियोगिताको उद्घाटन लहान सिटि जेसिजका पुर्व अध्यक्ष मुरारी प्रशाद साहले गरेका छन्। यसै बीच बुधबार भएको उद्घाटन खेलमा लाहान प्यारागन

२०७४ पुस २० बिहीबार, बिहान ९:११ बजे१ मिनेट पढाइ

सिरहा, २० पौष । सिरहाको लहानमा बुधबार देखि इन्टर कलेज क्रिकेट प्रतियोगिता शुरु भएको छ।
लहान सिटि जेसिजको आयोजना र लहान स्पोर्ट एकेडमीको सहकार्यमा संचालित उक्त क्रिकेट प्रतियोगिताको उद्घाटन लहान सिटि जेसिजका पुर्व अध्यक्ष मुरारी प्रशाद साहले गरेका छन्। यसै बीच बुधबार भएको उद्घाटन खेलमा लाहान प्यारागनले जे एस मुरारका बहुमुखी क्याम्पस लाई हराउदै विजय शुरुवात गरेका छन्।
प्रतियोगिताको उद्घाटन समारोहमा लहान सिटि जेसिजका वर्ष २०१८ का अध्यक्ष उमेश चौधरी लगायत पुर्व अध्यक्ष विकाश सारडा , धरणीधर अधिकारी,शंकर गुप्ता संगै वर्ष २०१८ का पदाधिकारीहरु कृष्णा रोनियार , अनिल महतो ,राजु मण्डल ,वशन्त साह , फिरोज शेख लगायतको उपस्थिति रहेको थियो।
लहान सिटि जेसिज वर्ष २०१८ का लागि सर्वसहमत चयन भएका पदाधिकारीहरुले पद तथा गोपनियताको सपथ न लिकनै यस वर्षको पहिलो कार्यक्रम अन्तर्गत खेलकुद बाट शुरु गरेका छन्।
भने दोस्रो कार्यक्रम अन्तर्गत वर्ष २०१८ भरि लागु औषध विरुद्धको अभियान अन्तर्गत साप्ताहिक रेडियो कार्यक्रम लगायत विभिन्न चेतना मुलक कार्यक्रमको आयोजना गरिने अध्यक्ष चौधरीले जानकारी दिएका छन्।
क्रिकेट प्रतियोगिताको कार्यक्रम संयोजकमा सुमन गुप्ता र आयुस राज रोनियार रहेका छन्।यसै बीच पद तथा गोपनियताको सपथ न लिकनै कार्यक्रमहरुको शुरुवात हुनु भेनेको यस वर्ष लहान सिटि जेसिजमा केहि नया र सकरात्मक आयाम आउने संकेत देखिएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…