जनकपुर : एक युवकको लास फेला, प्रहरीको 'डग टोली' अभियुक्त पछ्याउँदै !
घटनामा सँलग्न अभियुक्त खोज्दै प्रहरीको डग टोली घटनास्थलबाट हिडेको जनाइएको छ ।
२०७६ असोज २६ आइतबार, राति ११:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को धनुषा जिल्लामा एक युवकको लास भेटाएको छ । धनुषाको हँसपुर नगरपालिकाको कट्टि भन्ने गाउँ नजिकै युवकको लास फेला परेको हो ।
धनुषाको हँसपुर नगरपालिकाको वडा नं. ५ कट्टि र वडा नं. ६ पर्ने टिल्हीको बीचमा युवक मृत अवस्थामा फेला परेको हो । युवकको लास फेला परेको खवर पाएलगत्तै घटना स्थल पुगेका एसपी सहितको टोली अहिले अपराधी पछयाउँदै छन् । युवकको लास प्रकृति र मुचुल्का उठाएपछि धनुषाको धारापानी ब्यारेकबाट मगाएको प्रहरीको डग टोलीले अपराधी पछयाउँदै टिल्ही पार गरेको बताइएको छ ।
मृतक युवकको लास नजिकै ४ ५ वटा चप्पल फेला परेको जनाउँदै प्रहरीको डग टोलीले घटनास्थलबाट प्रशिक्षित कुकुरलाई सुँधाएपछि कुकुर टोली अहिले टिल्ही गाउँ पार गरेर घटनामा सँलग्नको पछाडी गर्दै गईरहेको बताइएको छ । लासको प्रकृति हेर्दा युवकलाई हत्या गरी फालिएको हो । घटनामा सँलग्न अभियुक्त खोज्दै प्रहरीको डग टोली घटनास्थलबाट हिडेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीका अनुसार अहिले डग टोली आफ्नो कार्यमा सक्रिय भएको बताउँदै त्यस घटनास्थलबाट सँलग्न मान्छे जहाँ जहाँबाट भागेका छन् त्यही बाटो भएर प्रहरीको डग टोली समेत जाँदै गरेको बताए । अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धनुषाको एसपी, डिएसपी, प्रहरी नीरिक्षकको टोलीको साथ साथै शस्त्र प्रहरी बल बलगंगा, ईलाका प्रहरी कार्यालय औरही, ईलाका प्रहरी कार्यालय निकाल, ईलाका प्रहरी कार्यालय धनुषाधामको प्रहरी पुगेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सुरेन्द्र यादव
न्यूज ब्यूरो, संवाददाता
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…