सडक नबनाएको भन्दै मेयरलाई ट्रकमा बाँधेर घिसारियो
मेयरमाथिको यस आक्रमणलाई विचार पुर्याउनु पर्ने त्यहाँका राजनीतिक विश्लेषकहरुले बताएका छन् ।

२०७६ असोज २२ बुधबार, बेलुकी ६:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । मेस्किोका एक मेयरलाई रुष्ट गाउँलेहरुले कार्यालयबाट बाहिर निकालेर ट्रकमा बाँधेर सडकमा घिसारेका छन् ।
चिपास राज्यका मेयर जर्ज लुइस इस्कानडोन हर्नान्डेजलाई सडक मर्मत नगरेको भन्दै गाउँलेले जर्बर्जस्ती कार्यालयबाट निकालेर पिकअप ट्रकमा बाँधेर सडकमा घिसारेका हुन् ।
बीबीसीका अनुसार मेयर हुन अगाडि उनले गाउँका सडकहरु बनाउने वाचा गरेका थिए । तर त्यो वाचा पुरा नगरेपछि गाउँलेहरु उनीबाट रुष्ट भएका हुन् । विग्रिएको सडकमा घिसारिँदा उनको ढाँड, हात तथा खुट्टामा चोटपटक लागेको छ ।
प्रहरीले गाउँलेलाई नियन्त्रणमा लिएपछि मेयर जर्जको ज्यान बचेको जनाइएको छ । ११ जना मानिसहरुलाई प्रहरीले यतिबेला नियन्त्रणमा लिएको छ ।
विकास निर्माणको विषयमा मेयरमाथिको यस आक्रमणलाई विचार पुर्याउनु पर्ने त्यहाँका राजनीतिक विश्लेषकहरुले बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…