झारफुकको बहानमा मँगलसुत्र र गहना लुटने झाँक्री पक्राउ
उनलाई ठगी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।
२०७६ असोज २० सोमबार, राति ९:१५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । अन्धविश्वासमा पारी झारफुकको बहानामा मँगलसुत्र र गहना लुटने एक झाँक्रीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
कैयौं वर्षदेखि निःसन्तान रहेकी एक महिला सन्तान प्राप्तीको लागि अन्धविश्वासमा परी झारफुक गराउन गएकी धनुषा कमला नगरपालिका वडा नं. ८ की एक महिलासँग चार अना सुन र मंगलसुत्र ठगी गरेको आरोपमा झाँक्री पक्राउ परेका छन् । पक्राउ पर्नेमा शहिदनगर नगरपालिका वडा नं. ७ नेमूवाटोल बस्ने अन्दाजी ३५ वर्षीय मोहम्मद रफिक रहेका छन्
आइतबार ईलाका प्रहरी कार्यालय यदुकूहाबाट धर्मेन्द्र पाण्डेको नेतृत्वमा खटि गएको घुमुवा टोलीले उनलाई बिदेह नगरपालिका वडा नं ४ ठाढीझिझाबाट पक्राउ गरेको ईलाका प्रहरी कार्यालय यदूकूहाका ईन्चार्ज एवम् प्रहरी निरीक्षक दीपक बाबू केसीले बताए । उनी विरुद्ध धनुषाको कमला नगरपालिका वडा ८ टेरहा बस्ने पीडित महिलाले आफू ठगिएको प्रहरी कार्यालय यदुकूहामा जाहेरी दिएको आधारमा पक्राउ गरिएको जनाए ।
पीडित महिलाको बाँझोपनको समस्या आफू निको पारिदिने भनेर गत विहिबार राती उनकै घरमा बसेर झारफूक गर्ने क्रममा राति करिब १२ बजे तिर पीडित महिला सँग भएको चार आना सुन सहित मंगलसुत्र लिएर फरार भएका थिए । त्यसकै भोलिपल्ट ती पीडित महिलाले झाँक्री बताउने रफिक विरुद्ध ईलाका प्रहरी कार्यालयमा जाहेरी दर्खास्त दिएपछि उनलाई पक्राउ गरिएको जानकारी दिए ।
"जाहेरी परे देखि उनी फरार रहे पनि विषेश सुराकीको सहयोगमा उनलाई पक्राउ गरि ल्याएर थप अनुसन्धानको लागि अहिले ईलाका प्रहरी कार्यालय यदुकूहा थुनुवामा राखिएको छ । पीडितको जाहेरी अनुसार उनी विरुद्ध ठगी र अभद्र ब्यवहारको मुद्दा दर्ता हुन् सकिने छ । अनुसन्धानका क्रममा यो भन्दा पहिला पनि एक जनालाई हामीले ल्याएका थियौं तर पछि पीडितकै आग्रहमा समातिएको मान्छे दोषी होईन भनेपछि उनलाई छाडिएको थियो ।" - प्रहरी नीरिक्षक केसीले भने ।
उनलाई ठगी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
लेखक
सुरेन्द्र यादव
न्यूज ब्यूरो, संवाददाता

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…