सिरहाका उखु किसानले अझै पाएनन् अनुदानको रकम
६ हजार किसानले पाउनुपर्ने ८ करोड ४१ लख ६७ हजार २ सय ७४ रुपैयाँ रकम अझै नपाएका हुन् ।

२०७६ असोज १८ शनिबार, दिउँसो १२:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । उखु किसानका लागि सरकारले दिने भनिएको अनुदानको रकम अझै नपाएको किसानहरुले गुनासो गरेका छन् ।
सिरहाको नरहा गाउँपालिका ३ मा रहेको हिमालय सुगर मिल्समा आर्थिक वर्ष ०७५र७६ मा उखु बेचेका ६ हजार किसानले पाउनुपर्ने ८ करोड ४१ लख ६७ हजार २ सय ७४ रुपैयाँ रकम अझै नपाएका हुन् । किसानले अनुदानको रकम नपाउँदा मर्कामा परेको गुनासो गर्दै आएको छ ।
उखु मिलले २०७६ मा ६ हजार किसानबाट १३ लाख २५ हजार ९ सय ७८ क्विन्टल उखु खरिद गरेको मिल्सले जनाएको छ । सो बापत मिलले दिनुपर्ने सम्पूर्ण भुक्तानी ०७६ असार मसान्तमा नै गरि सकिएको मिल्सका उखु विकास अधिकृत अवध किशोर यादवले बताए ।
आर्थिक वर्ष २०७४÷७५ को पनि करिव ५३ लाख रुपैयाँ बाँकी रहेको छ । त्यसवेला पनि कोष तथा लेखा नियन्त्रण कार्यालय, सिरहाले किसानले पाउनु पर्ने रकम दुइ किस्ता गरेर दिएपनि पछिल्लो किस्ता दिन बाँकी रहेको छ ।
किसान, चिनी उद्योग र सरकारबीचको सम्झौता पछि गत वर्ष उखुको मूल्य ५ सय ३६ रुपैयाँ ६४ पैसा प्रति क्विन्टल तय गरेको थियो । जसमध्ये चिनी मिलले ४ सय ७१ रुपैयाँ २८ पैसा र सरकारले ६५ रुपैयाँ ३६ पैसा अनुदान दिँदै आएको थियो ।
यता कोष तथा लेखा नियन्त्रण कार्यालय सिरहाका प्रमुख राधेश्याम गिरिले आफूहरुले आर्थिक वर्ष २०७४÷७५ को किसानले पाउनु पर्ने रकम कृषि मन्त्रालयलाई सोध्दा अर्थलाई देखाउने र अर्थलाई सोध्दा कृषिलाई देखाउने गरेर आल टाल गरिरहेको जनाए । उनले मन्त्रालयबाट पठाएको सबै रकम आफूहरुले वितरण गरिसकेको र बाँकी रकमको पहल भएपनि प्रभावकारी हुन नसकेको बताए ।
सरकरले आर्थिक वर्ष २०७५÷७६ को लागि उखु देशभरकै उखु किसानको लागि ९५ करोड अनुदान रकम छुट्याएको छ । त्यो रकम अझै किसानको हातमा पुग्न सकेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…