प्रदेश २ : एउटै घरमा ५ वटा लास फेला, पुरै गाउँमा त्रास !
एकै घरमा एकैपटक पाँच जनाको लास भेटाएपछि सिँगो गाउँ नै त्रसित भएको छ ।

२०७६ असोज १६ बिहीबार, बिहान ७:५४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को एउटा गाउँमा एउटै परिवारको ५ जनाको लास भेटाएपछि सिँगो गाउँ नै त्रसित भएको छ ।
प्रदेश नं. २ को बारा जिल्लाको फेंटा गाउँपालिका वडा नं. ४ बस्ने स्थानीय जोगा मुखियाको घरमा एकसाथ ५ वटा लास भेटाएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । विहिबार (आज) विहान न्यूज ब्यूरोसँग कुराकानी गर्दै बाराका प्रहरी उपरीक्षक (एसपी) विकास खनालले एकै साथ ५ जनाको लास फेला परेको पुष्टि गरेका छन् ।
बुधबार राती करिब ८ बजेतिर स्थानीय अन्दाजी बर्ष ४० को जोगा मुखियाको घरमा उनको सहित उनकी श्रीमति अन्दाजी बर्ष ३६ की लालमुनी देवी मुखिया, उनकी छोरी अन्दाजी बर्ष १२ की सुमिनी कुमारी मुखिया, उनका भाई अन्दाजी बर्ष २६ का महेन्द्र मुखिया र उनका ससुरा बाबा मुखिया भन्नेको लास फेला परेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार, जोगा मुखियाले सँचालन गर्दै आएको घरेलु मदिरा भठ्ठीको नजिकै यो घटना भएको हो , उनले भने, - "यो घटना बुधबार राती ८ बजेको हो, स्थानीय एक जनाले उनको घरमा चहलपहल नपाएपछि हेर्न गएको र केही चहलपहल नपाएपछि शंका लागेर प्रहरीलाई खवर गरेको थियो ।" केही बेरमै पुगेको प्रहरी टोलीले पर्खाल भत्कार उनीहरुलाई निकालेको बताइएको छ ।
मुखियाको एउटा कोठामा घरेलु मदिरा भठ्ठी विगत ४ वर्षदेखि सँचालनमा रहेको स्थानीयवासीहरुलाई उदृत गर्दै एसपी खनालले बताए । उनका अनुसार मदिराको गन्ध र विषालु ग्यासका कारण पनि उस्सासिएर मृत्यू भएको हुन सक्ने अनुमान गरिएपनि यथार्थ भने पोष्टमार्टमपछि मात्र बाहिर आउने जानकारी दिए । मृतक पाँचै जनाको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल कलैया लगिएको जनाइएको छ ।
एकै घरमा एकैपटक पाँच जनाको लास भेटाएपछि सिँगो गाउँ नै त्रसित भएको छ । बुधबार साँझको घटनाको कारण गाउँमा कोही सुत्न पाएको छैनन् भने यसबारे अनुसन्धान जारी राखेको एसपी खनालले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…