बारामा ४० प्रतिशत बालबालिकामा कुपोषण
कलैया, १९ पुस : जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जिल्लामा ४० प्रतिशत बालबालिकामा कुपोषण रहेको बताइएको छ । यहाँ आयोजित अन्तरक्रियामा जनस्वास्थ्य अधिकृत प्रेमचन्द्र जयसवालले जिल्लामा ४० प्रतिशत बालबालिका कुपोषणलाई उपचार गर्न जिल्लामा १८ गाउँमा ‘शीघ्र पोषण एकीकृत कार्यक्रम’ सञ्चालन गरिएको जानकारी दिन

२०७४ पुस १९ बुधबार, दिउँसो ३:२३ बजे१ मिनेट पढाइ

कलैया, १९ पुस : जिल्ला जनस्वास्थ्य कार्यालय बाराले जिल्लामा ४० प्रतिशत बालबालिकामा कुपोषण रहेको बताइएको छ ।
यहाँ आयोजित अन्तरक्रियामा जनस्वास्थ्य अधिकृत प्रेमचन्द्र जयसवालले जिल्लामा ४० प्रतिशत बालबालिका कुपोषणलाई उपचार गर्न जिल्लामा १८ गाउँमा ‘शीघ्र पोषण एकीकृत कार्यक्रम’ सञ्चालन गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार युनिसेफको आर्थिक सहयोगमा बहुक्षेत्रीय पोषण कार्यक्रम जिल्लाका उपमहानगर, नगरपालिका र गाउँपालिका गरी १६ वटा स्थानीय तहमा सञ्चालन भएको छ ।
सो अवसरमा परिवार नियोजन कार्यालयका राघवेन्द्र कर्णले २०७४÷७५ मा ५०० महिला–पुरुषलाई परिवार नियोजन गराउने लक्ष्य लिएकामा एक महिनामा ८१२ जना महिला–पुरुषको परिवार नियोजन गराएको बताउनुभयो ।
जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिन सञ्चारकर्मीका लागि आयोजना गरिएको सो कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख रोशनलाल चौधरीले जनस्वास्थ्यको स्थितिका बारेमा प्रकाश पार्नुभएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…