जनकपुर अञ्चल अस्पतालमा छापामारी, फाईलहरु नियन्त्रणमा
अख्तियारले फाईल लिएर अनुसन्धानको लागि लगिएको जनाइएको छ ।

२०७६ असोज १४ मंगलबार, बेलुकी ६:२९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सधैं काण्डै काण्डमा मुछिदै आएको जनकपुर अञ्चल अस्पतालमा मँगलबार छापा हानिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटि आएको टोलीले दिउँसो जनकपुर अञ्चल अस्पतालको प्रशासनिक कार्यालयमा छापा हानेको हो । अख्तियार दुरुपयोग अनुन्धान आयोगमा अस्पतालको विभिन्न शिर्षक सहित कर्मचारी भर्नामा समेत अनियमितता भएको उजुरीको आधारमा छापा हानिएको जनाइएको छ ।
प्रदेश २ स्थित आयोगका प्रवक्ता हरिप्रसाद शर्माले उजुरीको आधारमा अनुगमनका लागि अस्पतालमा टोली खटाएको जनाउँदै अख्तियारको टोलीले मेडिकल सुपरिटेन्डेन्ट डा. नागेन्द्र यादव, डा. जामुन सिंह, डा. कुलदिप पण्डित, लेखा अधिकृत लगायतका कर्मचारीलाई केही घण्टा नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सो क्रममा आयोगका टोलीले केही फाईलहरु समेत नियन्त्रणमा लिएको जनाइएको छ ।
नियम कानुन मिचेर कर्मचारी भर्ना गरिएको तथा अस्पतालमा चाहिने जिन्सी समान खरिदको विभिन्न शिर्षकमा व्यापक अनियमितता भएको उजुरी परेपछि अख्तियारको टोलीले मँगलबार छापा हानेको जनाइएको छ । राजनीतिक दलको दबाब र पार्टीगत हिसाबले अञ्चल अस्पतालमा नातागोता र रकमको चलखेलको आधारमा कर्मचारी भर्ना गरिएको बुझिन आएको हो । अख्तियारले फाईल लिएर अनुसन्धानको लागि लगिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…