मुक्तिनाथ बैंकद्धारा जनकपुरका शक्तिपीठहरुमा बृहत सरसफाई
न्यूज ब्यूरो, जनकपुरधाम । मुक्तिनाथ विकास बैंकको जनकपुर शाखाद्धारा जनकपुरको विभिन्न शक्तिपीठ सहित अन्य धार्मिक स्थलहरुमा बृहत सरसफाई गरिएको छ । नेपालीहरुको महान चाड दशैंको अवसर पारेर आफ्नो ठाउँ आफैं सफा बनाऔं तथा क्लीन एण्ड ग्रीन जनकपुरको नारालाई आत्मसात गर्दै बैंकका जनकपुर शाखाका प्रमुख प्रभाष झाको

२०७६ असोज ११ शनिबार, दिउँसो १:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मुक्तिनाथ विकास बैंकको जनकपुर शाखाद्धारा जनकपुरको विभिन्न शक्तिपीठ सहित अन्य धार्मिक स्थलहरुमा बृहत सरसफाई गरिएको छ ।
नेपालीहरुको महान चाड दशैंको अवसर पारेर आफ्नो ठाउँ आफैं सफा बनाऔं तथा क्लीन एण्ड ग्रीन जनकपुरको नारालाई आत्मसात गर्दै बैंकका जनकपुर शाखाका प्रमुख प्रभाष झाको अगुवाईमा वृहत सरसफाई गरिएको हो । दशैंको अवसरमा जनकपुरको विभिन्न शक्तिपीठहरुमा श्रद्धालुहरुको भीड लाग्ने गरेको जनकपुरको पौराणिक पहिचानमा टेवा पुग्ने गरी सरसफाईमा हात बढाएको जनाइएको छ ।

मुक्तिनाथ विकास बैंकको अन्य शाखाहरुमध्ये प्रदेश नं. २ अन्तर्गतको बर्दिवास, लालबन्दी र प्रदेश नं. ३ अन्तर्गतको सिन्धुली शाखाको नेतृत्वमा समेत विभिन्न ठाउँमा सरसफाई गरिएको जनाइएको छ । बैंकको सरसफाई अभियानमा जनकपुरधाम उपमहानगरपालिका सहित स्थानीय क्लबहरुले समेत सघाएका थिए । सो क्रममा जनकपुरधाम उपमहानगरपालिकाकी मेयर लालकिशोर साह सहित महाबीर युवा कमिटिका पदाधिकारीहरुले समेत सघाएको थियो ।
जनकपुरको जानकी मन्दिर, लक्ष्मण मन्दिर, विवाहमण्ड, राजदेवी मन्दिर, राम मन्दिर लगायत शक्तिपीठ सहित मन्दिरहरुमा सरसफाई गरिएको मुक्तिनाथ बैंकका जनकपुर शाखा प्रमुख प्रभाष झाले जानकारी दिए । बैंकका सम्पूर्ण कर्मचारीले समेत सरसफाईमा ओर्लेको जनाउँदै उनले आगामी दिनमा यसलाई निरन्तरता दिइने झाले थपे । दशैं, दिपावली, तिहार जस्ता निष्ठाको पर्वलाई मध्यनजर गरी शनिबार वृहत सरसफाई गरिएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…