पाकिस्तान भूकम्प : मृत्यु हुनेको संख्या २८ पुग्यो
भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ ।

२०७६ असोज ९ बिहीबार, बिहान ७:२६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पाकिस्तानमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या २८ पुगेको छ ।
भूकम्पका कारण कम्तीमा ४७६ व्यक्ति घाइते भएका सरकारी र स्थानीय सन्चारमाध्यमले बुधबार बिहान जनाएको छ । पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर सो भूकम्प गएको थियो ।
मंगलबार अपराह्नमा गएको यस भूकम्पका कारण पाकिस्तान प्रशासित कश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युत्का पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको बताइएको छ ।
पूर्वी पाकिस्तान र भारतमासमेत झड्का महसुस भएको थियो । भूकम्प ५.८ रेक्टर स्केलको रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…