पाकिस्तान प्रशासित कश्मीरमा ठूलो भूकम्प !
भूकम्पका कारण सडक तथा भवनहरुमा नराम्रोसँग क्षति भएको छ । यसको थप विवरण आउन बाँकी छ ।

२०७६ असोज ७ मंगलबार, बेलुकी ६:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । पाकिस्तान प्रशासित कश्मीरको मिरपुर केन्द्रविन्दु भएर ठूलो भूकम्प गएको छ ।
मिरपुर केन्द्रविन्दु भएर दिउँसो ४ बजेर ३२ मिनेटमा ५.८ म्याग्निच्यूडको भूकम्प गएको पाकिस्तानी संचारमाध्यमले जनाएको हो । भूकम्पमा परि ५० जनाभन्दा बढी घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भूकम्पका कारण सडक तथा भवनहरुमा नराम्रोसँग क्षति भएको छ । मिरपुर क्षेत्रको पक्की सडकहरु चिरा परेका छन् । सडकमा चलिरहेका गाडीहरु पल्टिएका छन् । १० किलोमिटर तल केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का केन्द्रविन्दुबाट १ सय ४० किलोमिटर परसम्म महसुस गरिएको थियो ।
त्यस्तै भूकम्पको धक्का इस्लामाबाद, लाहोरलगायतका शहरमा समेत महसुस भएको थियो । भूकम्पको धक्का भारत प्रशासित कश्मीर, हिमाञ्चल, चण्डीगढ र दिल्लीमा समेत महसुस भएको थियो । यसको थप विवरण आउन बाँकी छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…