अमेरिकालाई साथ दिएर ठूलो गल्ती भयो : इमरान खान
पूर्व अमेरिकी रक्षा सचिव जेम्स म्याटिसले आफूले जति पनि देश चिनेका छन् तीमध्ये पाकिस्तान सबैभन्दा खतरनाक लाग्ने बताएका थिए ।

२०७६ असोज ७ मंगलबार, बिहान १०:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानले ९÷११ हमलापछि अमेरिकालाई साथ दिएर ठूलो गल्ती गरेको बताएका छन् ।
खानले पाकिस्तानले ११ सेप्टेम्बर सन् २००१ मा अमेरिकामा अलकायदाको हमलापछि चरमपन्थ विरुद्धको युद्धमा अमेरिकालाई साथ दिएर ठूलो गल्ती गरेको बताएका हुन् ।
टाइम्स अफ इन्डियाका अनुसार पाकिस्तानको पछिल्लो सरकारले आफूले पूरा गर्नै नसक्ने बचन दिन नहुने इमरानले बताएका छन् । सोमबार आयोजित काउन्सिल अफ फरेन रिलेसन्स (सिएफआर) मा उनले भनेका छन्, ‘अन्तरराष्ट्रिय समुदायले कम्तीमा भारतलाई कर्फ्यू हटाउन आग्रह गरुन् भन्ने झिनो अपेक्षा राखेको छु ।’
पूर्व अमेरिकी रक्षा सचिव जेम्स म्याटिसले आफूले जति पनि देश चिनेका छन् तीमध्ये पाकिस्तान सबैभन्दा खतरनाक लाग्ने बताएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…