भारतमा पनि नेपाली संविधानको विरोध, कालो दिन मनाइयो !
संविधान विभेद्कारी भएको भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरिएको थियो ।

२०७६ असोज ४ शनिबार, बेलुकी ५:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । भारतको नयाँ दिल्लीमा मधेशी मूलका नेपाली विद्यार्थीहरुले संविधान दिवसको दिन विरोधसभा गरेको छ ।
भारतमा रहेका मधेशी मूलका नेपाली विद्यार्थीहरुले संविधान दिवसलाई ‘कालो दिन’को संज्ञा दिँदै विरोध जनाएका हुन् । उनीहरुले कालो ब्यानरमा ‘असोज ३, कालो दिन’ को नारा लेखेका थिए ।
संविधान विभेद्कारी भएको भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड समेत प्रदर्शन गरिएको थियो । विरोध कार्यक्रममा राष्ट्रिय विद्यार्थी संघ भारतका विद्यार्थीहरुको सक्रिय सहभागिता थियो ।
दिल्लीमा अध्ययनरत विद्यार्थीसहित राष्ट्रिय जनता पार्टीका नेताहरु समेत विरोधसभामा आइपुगेका थिए । कार्यक्रममा नेपालबाटै राजपाका केन्द्रीय सदस्य र जिल्ला सदस्यहरु समेत सहभागी थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…