एसियन च्याम्पीयनसिपको लागि मधेसबाट प्रधान प्रथम
जनकपुरधाम, १६ पुस । आगामी सन् २०१८ मा हुन गईरहेको एसियन अटो जिमखाना च्याम्पीयनसीपको लागि नेपालबाट सुरेन्द्र प्रधान छानिएका छन् । शनिबार सम्पन्न अटो नेपाल क्वालिफाइड टेस्टमा प्रधानलाई प्रथम क्वालिफाइडको रुपमा छानिएको हो । देशभरिबाट जम्मा ६४ रेसलर ती अटो च्याम्पीयनसीपमा भाग लिएका छन् भने तराईबाट सुरेन

२०७४ पुस १६ आइतबार, बिहान १०:५५ बजे१ मिनेट पढाइ

जनकपुरधाम, १६ पुस ।
आगामी सन् २०१८ मा हुन गईरहेको एसियन अटो जिमखाना च्याम्पीयनसीपको लागि नेपालबाट सुरेन्द्र प्रधान छानिएका छन् ।
शनिबार सम्पन्न अटो नेपाल क्वालिफाइड टेस्टमा प्रधानलाई प्रथम क्वालिफाइडको रुपमा छानिएको हो ।
देशभरिबाट जम्मा ६४ रेसलर ती अटो च्याम्पीयनसीपमा भाग लिएका छन् भने तराईबाट सुरेन्द्र प्रधान प्रथम भएका छन् ।
क्वालिफाइड टेस्टमा प्रथम भएका प्रधानलाई आयोजना हुन लागेको इन्डोनेसियाको लागि रेसलरको रुपमा पठाइने छ ।
जनवरीमै हुन लागेको च्याम्पीसयनसीपमा नेपालको लागि तराईबाट सुरेन्द्र प्रधान प्रथम भएपछि बधाईको ओइरो लागेको छ ।
यस्तै, दोस्रो भएका विदुर पौडेल लाई नेपाल भारत भुटान त्रिदेशिय मोटर रयालीमा सहभागीको लागि छानिएको छ ।
आगामी बर्ष २०१८ को फेबररीमा हुन लागेको उक्त रयालीको लागि पौडेललाई छानिएको छ भने तेस्रोमा रिकी देउलालाई क्वालिफाइड भएका छन् ।
देउलालाई ३ दिन २ रातीको सौराहा यात्रको लागि अवसर समेत दिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…