सिरहामा पुलमुनी एक पुरुषको रहस्मय लास !
त्यस सम्बन्धमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

२०७६ असोज ३ शुक्रबार, बिहान १०:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहामा एक पुरुषको रहस्यमय शव फेला परेको छ । सिरहाको लहान नगरपालिका वडा नं. ३ बलान खोलामा वेवारिसे अवस्थामा एक शव फेला परेको हो ।
पहिचान गर्न नसकिने अवस्थामा बलान खोलाको पुलको तल उक्त शव फेला परेको हो । ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भेषराज रिजालका अनुसार फेला परेको शव पहिचान गर्न नसकिने अवस्थाको रहेको हो । डिएन टेस्टको लागि पठाइएको छ । शवको प्रकृति हेर्दा १५—२० दिन पहिले कहिकतै गाडिएको हुनसक्ेन बताइएको छ ।
यसका साथै बाढीले बगाएर यहाँसम्म ल्याएको हुन सकिने अनुमान गरिएको छ भने घटनाक्रममा शवलाई गाडिएको हुन सकिने सम्भावना रहेको प्रहरीले जनाएको छ । बर्षासँगै आएको बाढीले उखालिएर बगाएर बलान खोलाको पुलसम्म ल्याएको हुनसक्ने आशंका पनि गरिएको छ । सो शव असोज १ गते ईलाका प्रहरी कार्यालय लहानले पाँच बजेतीर फेला पारेको हो ।
त्यस सम्बन्धमा अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…