मोदीको विमानलाई पाकिस्तानी आकाशमा एयरस्पेस दिइएन
प्रधानमन्त्री मोदीको लागि आफ्नो एयरस्पेस नदिने पाकिस्तानको निर्णयप्रति भारतले चर्को विरोध गरेको छ ।

२०७६ असोज २ बिहीबार, बिहान १०:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो एयरस्पेस प्रयोग गर्ने अनुमति दिन अस्वीकार गरेको छ ।
सेप्टेम्बर २१ मा अमेरिका भ्रमणमा निस्किन लागेका प्रधानमन्त्री मोदीका लागि भारत सरकारले पाकिस्तानसँग एयरस्पेश उपलब्ध गराइदिन माग गरेलगत्तै पाकिस्तानले सो प्रस्तावलाई अस्वीकार गरेको हो । काश्मिरबाट धारा ३७० हटाउने भारतको निर्णयपछि पाकिस्तान भारतसँग नराम्रोसँग चिढिएको छ ।
पाकिस्तान त्यसपछि कूटनीतिका आधारभूत कुरा समेत स्वीकार्न गर्न तयार देखिएको छैन । भारतीय प्रधानमन्त्री मोदी सेप्टेम्बर २१ मा अमेरिका जाँदैछन् र त्यसका लागि पाकिस्तान सरकारलाई एयरस्पेस प्रयोग गर्नका लागि अनुरोध गरिएको थियो । तर, पाकिस्तानले यसलाई अनुमति दिएन ।
यसअघि पनि पाकिस्तानले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको जहाजका लागि एयरस्पेसबाट उडान गर्न अनुमति दिन अस्वीकार गरेको थियो । पाकिस्तानका परराष्ट्रमन्त्री शाह मेहमूद कुरेशीका अनुसार भारतले प्रधानमन्त्री मोदीको विमान पाकिस्तान हुँदै २१ सेप्टेम्बरमा अमेरिका जान र २८ सेप्टेम्बरमा फिर्ता आउनका लागि अनुमति मागेको थियो । पाकिस्तानले यसका लागि अनुमति नदिएपछि इस्लामाबादस्थित भारतीय उच्चायोगलाई पनि रिपोर्ट गरिएको छ ।
प्रधानमन्त्री मोदीको लागि आफ्नो एयरस्पेस नदिने पाकिस्तानको निर्णयप्रति भारतले चर्को विरोध गरेको छ । भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रविश कुमारले पाकिस्तान सरकारले एक हप्तामा दोस्रो पटक विमानको लागि मार्ग दिन अस्वीकार गरेको बताएका छन् । पाकिस्तानले अन्तर्रा्ष्ट्रिय नियमहरूको पालना गर्नुपर्दछ र त्यस्तो एकतर्फी निर्णय लिने आफ्नो पुरानो बानीबाट अलग रहनुपर्ने समेत उनले स्पष्ट पारे ।
पाकिस्तानले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीको विशेष विमानलाई एयरस्पेशको अनुमति नदिने भन्ने मुद्दामा भारतले पाकिस्तानको बिरूद्ध अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ) लाई मुद्धा हाल्न सक्ने जनाइएको छ । आईसीएओको सम्झौताअनुसार दुई देशबीचको युद्धको समयमा मात्र एयरस्पेस प्रयोग गर्नबाट रोक्न सकिन्छ । यस नियमलाई नमान्ने देशहरूमाथि दण्ड लगाउने प्रावधान पनि छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…