घुससहित सिरहाका विद्युत कर्मचारी पक्राउ
उनलाई अनुसन्धानको लागि बर्दिवास लैजाने तयारी गर्दै छ ।

२०७६ भदौ २३ सोमबार, दिउँसो ४:५६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । नेपाल विद्युत प्राधिकरण सिरहाका एक कर्मचारीलाई घुस सहित पक्राउ परेको छ ।
नेपाल विद्युत प्राधिकरणमा कार्यरत कर्मचारी छेदीलाल साह सोनारलाई सोमबार अख्तियारले घुससहित नियन्त्रणमा लिएको हो । एक व्यक्तिलाई विद्युत प्राधिकरणमा जागिर लगाईदिने भन्दै साहले विष्णुपुर १ स्थित एक होटलमा ८० हजार रुपैयाँ लिँदै गरेको बखत अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले नियन्त्रणमा लिएको छ ।
सोमबार दिउँसो करिब २ बजेतीर अख्तियार टोलीले नियन्त्रणमा लिएको छ । करारमा जागिर लगाइदिने भन्दै ८० हजार घुस लिदै गर्दा सिरहाको विष्णुपुर चौकको होटलाबाट विद्युत प्राधिकरण सिरहा शाखामा कार्यरत इलेक्ट्रिसियन छेदीलाल साहलाई सप्रमाण रँगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुन्धान आयोग बर्दिवास कार्यालयका शाखा अधिकृत जयराम पंजियारले बताए ।
उनलाई अनुसन्धानको लागि बर्दिवास लैजाने तयारी गर्दै छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…