ग्याँस सिलिण्डरमा ड्रग्स पार गर्दै थिए यी युवक, जब प्रहरीले झ्यापै समाते !
लागूऔषधसहित पक्राउ परेका यादव उपर कानुनी पक्रिया अगाडि बढाइएको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७६ भदौ १७ मंगलबार, बेलुकी ६:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीबाट ठूलो परिमाणमा लागूऔषधसहित एक युवक पक्राउ परेको छ ।
सप्तरी सदरमुकाम राजविराज नगरपालिका वडा नम्वर १६ स्थित बागेश्गरी मन्दिर नजिकैबाट ग्याँस सिलिण्डरमा लागूऔषध राखेर लैजादै गरेका युवकलाई प्रहरीले फन्दामा पारेको हो । पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर ६ का ३८ वर्षीय अशोक यादव रहेका छन् । सदा पोसाकमा खटिएका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा स. १० प. १३ नम्बरको मोटरसाईकलमा ल्याउँदै गरेको ग्याँस सिलिण्डर भित्र प्वाल बनाई लुकाएर लागूऔषध ल्याइरहेको अवस्थमा उनलाई पक्राउ गरिएको सप्तरी प्रहरीले जनाएको छ ।
यादवको साथमा रहेकोे ग्याँस सिलिण्डरबाट एकसय एमएल डाईलेक्स डिसी सिरप लागूऔषध १ सय ४० थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका निमित्त प्रमुख डिएसपी मकेन्द्र कुमार मिश्रले जनाए । लागूऔषधसहित पक्राउ परेका यादव उपर कानुनी पक्रिया अगाडि बढाइएको तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…