मालपोतका पूर्व कर्मचारी १ लाख घुस सहित रँगेहात पक्राउ !
सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा पक्राउ गरिएको जनाइएको छ ।

२०७६ भदौ १६ सोमबार, बेलुकी ५:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । प्रदेश नं. २ को विभिन्न स्थानबाट अख्तियारले भ्रष्टाचारमा सँलग्न सरकारी कर्मचारीहरुलाई नियन्त्रणमा लिने क्रम जारी राखेको छ ।
प्रदेश नं. २ को बारा जिल्ला भूमिसुधार तथा मालपोत कार्यालयका करारका पूर्व कर्मचारी हरिमोहन सिँह क्षेत्रीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकम सहित रँगेहात पक्राउ गरेका छन् । सोमबार भूमिसुधार तथा मालपोत कार्यालय बाराको मुद्दा फाँटमा करार सेवामा पूर्व कार्यरत क्षेत्रीले सेवाग्राहीसँग घुस लिएको सूचनाको आधारमा पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटि गएको टोलीले उनलाई १ लाख रुपैयाँ घुस सहित रँगेहात पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका टंगालका प्रवक्ता प्रदीप कोईरालाले जारी गरेको प्रेस विज्ञप्तिमा माग गरेको जग्गा सम्बन्धी कागजातहरू नपठाई केही समयको लागि रोकेर राखिदिने भन्दै बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा पक्राउ गरिएको जनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौडाबाट खटिई गएको टोलीले निज हरिमोहन सिंह क्षेत्रीलाई सेवाग्राहीसँग रू. १,००,००० (एक लाख) घुस बापतको रकम लिइसकेको अवस्थामा उक्त रकम सहित उक्त कार्यालय परिसरबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…