रञ्जना हत्या काण्डदेखि जिवनाथ चौधरीको पक्राउ पुर्जीसम्म के- के भने डिएसपी ?
हामीले डिजिटल माध्यमबाट अनुसन्धान तीव्र बनाएका छौँ, दोषी जो कोही होस, उम्कन पाउँदैन , रञ्जनाको मोबाईकल कल डिटेल र ल्याप्टोलाई समेत प्रमाण बनाई गहन अनुसन्धानमा लागेका छौ,

२०७४ पुस १४ शुक्रबार, दिउँसो ४:३७ बजे३ मिनेट पढाइ

जनकपुरधाम, १४ पुस ।
जनकपुरमा जल्दो बल्दो काण्डको रुपमा रहेको रञ्जना हत्या काण्ड प्रकरणदेखि होटल व्यावसायी जिवनाथ चौधरीको पक्राउ पुर्जी सम्मका अपडेट धनुषाका डिएसपी प्रविण धितालले दिएका छन् ।
शुक्रबार जनकपुरमा ईन्सेक नामक सँस्थाले आयोजना गरेको वार्षिक प्रतिवेदन समिक्षा कार्यक्रममा डिएसपी धितालले विभिन्न घटनाहरुबारे जवाफ दिएका छन् ।
कार्यक्रममा डिएसपी धितालले जल्दोे बल्दो घटना रञ्जनता हत्या काण्ड प्रकरणको बारेमा बहस गरेका छन् ।
सँचारकर्मीहरुको प्रश्नको जवाफमा धितालले रञ्जना हत्या काण्डको अनुसन्धान डिजिटल माध्यमबाट सुरु भइसकेको बताए ।
रञ्जनाको हत्या भएको की आत्महत्या हो भने बारे गहन अनुसन्धान थालिएको बताउँदै धितालले छिमेकीहरु नै भनेको आधारमा प्रमाण पुरा नहुने बताए ।
उनले भने,
हामीले डिजिटल माध्यमबाट अनुसन्धान तीव्र बनाएका छौँ, दोषी जो कोही होस, उम्कन पाउँदैन , रञ्जनाको मोबाईकल कल डिटेल र ल्याप्टोलाई समेत प्रमाण बनाई गहन अनुसन्धानमा लागेका छौ, यद्यपी हालसम्म केही प्रमाणहरु फेला परेको भएपनि भन्न सकिदैन, यो अनुसन्धानको क्रममो हो अहिले भन्न मिल्दैन ।
हत्या भएको छैन भने, मृतकको श्रीमानलाई प्रहरीले अनुसन्धानकै लागि किन समातेको छैन ? कि त उसको श्रीमानले मेरो श्रीमतिको हत्या भएको छ, मेरै आमाबाबूले हत्या गरेको हो भनेर जाहेरी पनि त दिनुपर्छ नी, नदिनुको कारण शँका छ कि छैन ? भनेर पत्रकारको एक जिज्ञासा हल गर्दै डिसपी घितालले, मृतकको श्रीमान जुन ठाउँमा जागिर बसेका छन् घटनाको दिनसम्म ईलेक्टोनिक हाजिरी गरिएको पाइएको छ , यसका साथै काम गर्ने कार्यालयले समेत उपस्थिति रहेको भनेर चिठठी काटेपछि सरकारी कार्यालयको प्रमाण नमान्ने ? जो जो व्यक्तिहरुको किटानी गरिएको छ धेरैको उपस्थिति समेत देखिएको छैन , उनले भने ।
रञ्जना काण्ड बारे डिएसपीले भनेका अनुसन्धानका अपडेटहरुको लागि यो भिडियो हेर्नुहोस ।
कार्यक्रमको दौरान डिएसपी धितालले सँचारकमीहरुले सोधेको प्रश्नमा जिवनाथ चौधरीलाई अदालतले पक्राउ पूर्जी काटिसकेको भएपनि अझसम्म पनि किन पक्राउ नगरिएको भन्ने प्रश्नको जवाफमा उनले भने, अदालतले प्रकाश मिश्राको काण्डमा चौधरीलाई पक्राउ पुर्जी जारी गरिसकेको छ , तर जिल्ला प्रहरी कार्यालय धनुषामा अधिकारीक रुपले आउन समय लाग्ने भएकोले आउने लगत्तै पक्राउ गरिने जनाए ।
उनले भने, अदालत छेउमै भएपनि कहिलेकाही अधिकारी चिठठी आउन ३ महिनासम्म लाग्ने गरेको पनि देखिएको छ । तर, अधिकारी पुर्जी प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाले आफनो जिम्मेवारी निर्वाह गर्नबाट चुक्ने छैन ।
यसका साथै, डिएसपी धितालले जनकपुरमा गत मँसिरमा जनकपुरमा भएको सामुहिक बालात्कारको बारेमा अपडेट गर्दै बालात्कार काण्डका दोषीलाई कदापी छोडिने छैन । जिल्ला प्रहरी कार्यालय धनुषाले आरोपित ५ जना उपर मुद्दा दर्ता गरिसकेको छ । पीडित परिवारले अब जति पैसा लिएपनि मुद्दा भने फिर्ता हुने छैन । हामीले पीडितलाई मलहम लगाउन खोजीरहेका छौ तर पीडितहरुले केही पैसाको लागि आफूसँग आफै अन्याय गर्ने गरेका छन् भने न्याय कसलाई दिने त ? उनले खेद प्रकट गरे ।
बाँकी अँश भिडियोमा
कार्यक्रममा डिएसपी धितालले म्यादी प्रहरीसँग धनुषाको सबैलामा भएको प्रकरणको बारेमा बोल्दै उनले प्रहरीको तर्फबाट कुनै पनि प्रकारको दुव्र्यव्हार वा यातना नभएको दाबी गरे । उनले भने, कुनै कुरालाई लिएर सजिलो विवाद हुँदा हाम्रो प्रहरीले हल्का हात लगाएको मात्रै थियो, त्यतिकैमा अन्य म्यादीहरुले आफनो साथीलाई साथ दिदै दगुर्दा लडेर चोट लागेको दाबी गरे ।
धनुषामा केही महिनाको भित्र भएको विभिन्न घटना प्रति घटनाका बारेमा डिएसपी घितालले पत्रकारहरुसमक्ष अपडेट गरेका थिए ।
ईन्सेक धनुषाले आयोजना गरेको समिक्षा कार्यक्रममा राज्य तथा गैर राज्य पक्षबाट भएको विभिन्न मानव अधिकार उलँघन, हत्या, बालात्कार लगायत समाजिक अपराधहरुको बारेमा बहस गरिएको थियो ।
ईन्सकेकका जिल्ला प्रतिनिध विनोद कुमार महराले दिएको जानकारी अनुसार, राज्य पक्षबाट यो बर्षभित्र जम्मा १ सय १ जना पीडित भएको छ भने गैर राज्य पक्षबाट ८३ जनाको तथ्याँक सार्वजनिक गरे ।
महराले बर्ष भित्र २७ वटा महिला हिँसाका घटनाहरु पत्रकारहरु समक्ष राखेको थिए ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…