जनकपुर : घरबाटै २ वटा मोटरसाईकल गायब !
घरमै राखिएको बाबूछोरा चढने २ वटा मोटरसाईकल चोरी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०७६ भदौ ६ शुक्रबार, राति ८:०० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, महेन्द्रनगर । घरमा राखिएको २ मोटरसाईकल गएराती चोरी भएको छ ।
धनुषाको बटेश्वर गाउँपालिका वडा नं. ५ शान्तिपूरबाट घरमै राखिएको बाबूछोरा चढने २ वटा मोटरसाईकल चोरी भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार गएराती करिब १२ बजेको समयमा घर परिवार सुतिरहेको अवस्थामा मोटरसाईकल चोरी भएको पीडितलाई उदृत गर्दै जनाइएको छ ।
बटेश्वर गाउँपालिका वडा नं. ५ शान्तिपुर टोलका स्थानीय सत्यनारायण साहको नाममा रहेको प्रदेश ०२-०२- ००१ प १०२५ नम्बरको टिभिएस मोटरसाईकल र उनको छोरा अरबिन्द साहको नाममा रहेको ज १० प २४५ नम्बरको यामाहा कम्पनीको मोटरसाईकल घरबाटै चोरी भएको हो । यो घटना ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा दर्ता गरिएको प्रहरी नीरिक्षक एवम् कार्यालय ईन्चार्ज अमिर दाहालले न्यूज ब्यूरोसँग भने ।
सत्यनारायण चढने मोटरसाईकल गत असार २२ गते मात्र लिएको थियो । २ महिना नचढदै नयाँ गाडी नै चोरले उठाएर लगेपछि परिवारजनमा दुःखको माहौल छाएको छ । राजपाका युवा नेता एवम् स्थानीय अजय कुमार राउतले दिएको जानकारी अनुसार घरको ढोका खोलेर मोटरसाईकल लगेको छ । करिब ७ फिट उचाई भएको पर्खाल नाघेर चोरहरु भित्र पसेको तथा भित्रैबाट लगाएको मुख्यद्धारको चुकुल खोलेर मोटरसाईकल चोरी गरी भागेको परिवारजनलाई उदृत गर्दै बताए ।
यता, ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका अनुसार पीडितले मोटरसाईकल चोरीको निवेदन दर्ता गराएको जनाउँदै यस घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…