धनुषामा बोल्न नसक्ने एक बालिका उपर सामुहिक बलात्कार, दुई जना पक्राउ !
पीडित बालिकाको स्वास्थ्य परीक्षण जनकपुर अञ्चल अस्पतालमा गराएर जाहेरी समेत दर्ता गरिएको हो ।

२०७६ भदौ ६ शुक्रबार, बेलुकी ५:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बोल्न नसकिने एक बालिका उपर सामुहिक बलात्कार भएको घटना बाहिरिएको छ ।
विहिबार राती करिब १० बजेको समयमा धनुषाको धनुषाधाम नगरपालिकाकी एक बालिकालाई गाउँबाट उठाएर लगी बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बलात्कारको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ समेत गरेको छ । बलात्कार गरेको भनेर दिएको जाहेरीको आधारमा दुई जनालाई पक्राउ गरेको हो ।
प्रारम्भिक जानकारी अनुसार, धनुषाधाम नगरपालिका वडा नं. ३ बस्ने बोल्न नसकिने ती बालिकालाई नजिकै रहेको धनुषाको सबैला नगरपालिकाको वडा नं. ५ मखनाहामा लगेर बलात्कार गरेको आरोप जाहेरीमा उल्लेख गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा एक जना अन्दाजी २० बर्षिय र अर्का १८ वर्षका रहेका छन् । (गोपनीयताको हिसाबले पिडित र आरोपितको भविष्यलाई मध्यनजर गर्दै नाम भने खुलाइएको छैन ।)
बलात्कारको आरोपमा पक्राउ परेको दुवै जनालाई धनुषा प्रहरीको हिरासतमा राखी अनुसन्धान थालिएको ईलाका प्रहरी कार्यालय धनुषाधाामले जनाएको छ । प्रहरीका अनुसार, पीडित बालिकाको स्वास्थ्य परीक्षण जनकपुर अञ्चल अस्पतालमा गराएर जाहेरी समेत दर्ता गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…