महोत्तरीमा सुपारी दिएर श्रीमतिद्धारा श्रीमानको हत्या, चार सार्वजनिक !
जग्गा बिक्री गरेर थापाले मोटो रकम बैंकमा राखेको थाहा पाएका ससुरालीपक्षका आफन्तले रकम हत्याउन हत्याको योजना बुनेको प्रहरीले जनाएको छ ।

२०७६ भदौ ६ शुक्रबार, बेलुकी ५:१६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा एकजना महिलाले सुपारी दिएर आफ्नै श्रीमानको हत्या गराएको खुलासा भएको छ । महोत्तरीको बर्दिबासमा भएको श्रवन थापाको हत्या घटनामा प्रहरीले गरेको अनुसन्धानबाट यस्तो खुलासा भएको हो ।
आज (शुक्रबार) ईलाका प्रहरी कार्यालय बर्दिवासले पत्रकार सम्मेलन गरी हत्या काण्डमा संलग्नहरु बारे जानकारी दिँदै पक्राउ चार जनालाई सार्वजनिक गरेको छ । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईवी) को टोली लगायत विभिन्न ४ वटा प्रहरीको अुसन्धान टोलीले थापाको आफ्नै श्रीमतिले नै सुपारी दिएर हत्या गराएको खुलेको बताएको हो ।
गत असार ३१ गते राती साढे १० बजेको समयमा बर्दिवास नगरपालिका ३ गौरीडाडाका ३६ बर्षिय सरोज भनिने श्रवण कुमार थापा स्थानिय विपी राजमार्ग अन्र्तगत् बर्दिवास ३ स्थित स्मृति पार्क नजिकै वेहोश अवस्थामा भेटिएका थिए । प्रहरीले तत्कालको लागि उपचारको लागि बर्दिवासस्थित शुभस्वतिक अस्पतालमा ल्याएपछि उनलाई चिकित्सकले मृत घोषणा गरिएको थियो ।
शुरुमा सो घटनालाई प्रहरीले सवारी दुर्घटनाको रुपमा लिएतापनि पछि अनुसन्धानको क्रममा नियोजित ढंगले मृतक थापालाई हत्या गरि फालिएको प्रहरीले अनुसन्धान क्रममा फेला पारिएको हो । थापाले केही दिन अगाडि मात्र ७० लाखमा जग्गा विक्री गरेको र सोही रकमको विषयमा थापा दम्पतिबीचको विवाद उग्र बनेको थियो ।
उनको हत्या गराइएको हुनसक्ने आंशका बाहिर आएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । हत्या आरोपमा प्रहरीले सर्लाही धनकौल गाउँपालिका–३ हरकटवाका २७ वर्षीय प्रमोद सिंह, वडा २ बस्ने २७ वर्षीय मुकेश साह, रौतहटको गढीमाई नगरपालिका–६ बखरी टोलका ३३ वर्षीय जिला भन्ने श्रीनारायण महरा र ४६ वर्षीय टिआई सहनीलाई सार्वजनिक गरेका हुन् ।
समाजिक संजालमा पैसाको लेनदेन सम्बन्धमा भएको कुराकानीको आधारमा लामो अनुसन्धानपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले जानकारी दिए । प्रहरी उपरिक्षक अधिकारीले दिएको जानकारी अनुसार, थापालाई हत्या गर्नका लागि २ लाख ७५ हजार रुपैयाँमा सहमति भएको अनुसन्धानको क्रममा अभियुक्तले स्वीकार गरेका छन् ।
हत्या घटनाको योजना बुन्ने मृतक थापाका आफन्तभने अझै फरार छन् । मृतकका को को आफन्त योजनामा सामेल छन् भन्नेचाँही प्रहरीले सार्वजनिक गरेन । यद्यपी थापाकी पत्नी पूजा थापा र ससुराली घरका आफन्त सामेल रहेका प्रहरी उपरीक्षक अधिकारीले जनाए ।
जग्गा बिक्री गरेर थापाले मोटो रकम बैंकमा राखेका थाहा पाएका ससुरालीपक्षका आफन्तले सो रकम हत्याउन हत्याको योजना बुनेका पाइएको प्रहरीले जनाएको छ । थापाको ससुराली घर छिमेककै धनुषा जिल्लाको मिथिला नगरपालिकाको बाहुनमारा हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…