जिल्ला प्रहरी धनुषाबाट बलात्कार मुद्दाका थुनुवा फरार !
जिल्ला प्रहरी कार्यालय धनुषाबाटै थुनुवा फरार भएपछि उनको खोजी कार्य तीव्र पारिएको छ ।

२०७६ साउन ३१ शुक्रबार, बिहान १०:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । बलात्कार (जबरजस्ती करणी) मुद्दाका एक अभियुक्त जिल्ला प्रहरी कार्यालय धनुषाबाट फरार भएको छ ।
विहिबार दिउँसै बयानको लागि अपराध अनुसन्धान शाखामा लगिएका उनले मौका छोपी फरार भएको जानकारी प्राप्त भएको छ । जबरजस्ती करणी अभियोगमा पक्राउ परी अनुसन्धानको क्रममा जिल्ला प्रहरीको नियन्त्रणमा रहेका सिरहाका अन्दाजी वर्ष २० का राममनी यादव फरार भएका हुन् । दिउँसो प्रहरीको रोहबरमा बयान गराउन क्राईम ब्रान्च शाखामा लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय परिसरभित्रै रहेको अपराध अनुसन्धान शाखा (क्राईम ब्रान्च) मा बयानको लागि सुरक्षासाथ लगिएको यादवले प्रहरी अधिकारी कम्प्युटरमा व्यस्त भएको मौका छोपी फरार भएको हुन सक्ने अनुमान गरिएको छ । शाखामा थुनुवाहरुको भीडभाड रहेको मौका छोपी फरार भएको बुझिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाबाटै थुनुवा फरार भएपछि उनको खोजी कार्य तीव्र पारिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…