नेपाली कामदारको पीडा बुझन् 'डा. सिके राउत' कतार प्रस्थान
१० दिने भ्रमणका क्रममा डा. राउतले नेपाली कामदारहरुको अवस्था समेत बुझ्ने बताएका छन् ।

२०७६ साउन २३ बिहीबार, बेलुकी ७:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत विहिबार कतारतर्फ प्रस्थान गरेका छन् ।
गैरआवासीय मधेशी संघ (एनआरएमए) को कार्यक्रममा भाग लिनका लागि डा. राउत विहिबार अपरान्ह कत्तार प्रस्थान गरेका हुन् । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट राउत गैर आवासीय मधेशी संघले आयोजना गर्न लागेको एक कार्यक्रममा सहभागीता जनाउन उनी कतार लागेको बताइएको छ । कतारमा नेपाली दूतावास सहित अन्य नेपाली संघ संगठनहरुले समेत स्वागत अभिनन्दन गर्ने कार्यक्रम रहेको छ।

१० दिने भ्रमणका क्रममा डा. राउतले नेपाली कामदारहरुको अवस्था समेत बुझ्ने बताएका छन् । त्यस्तै, त्यहाँका बिभिन्न क्याम्पहरुको भ्रमण गर्ने, कामदारहरुको समस्याहरूको समाधानका लागि पहल गर्ने तथा दुई देश बीच सुमधुर सम्बन्ध स्थापित गर्न तथा आर्थिक सांस्कृतिक प्राविधिक सहकार्यका सम्भावनाहरूको बारेमा छलफल गर्ने कार्यक्रम रहेको जनमत पार्टीका नेता चन्दन सिंहले बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…