संविधानको प्रतिलिपी च्यात्ने यी दुवै नेताको नागरिकता रद्द हुने ?
यहाँसम्म की मिर फैयाजले आफ्नो कूर्तासम्म पनि च्यातेर फाले ।

२०७६ साउन २० सोमबार, बेलुकी ७:३५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, भारत । यति बेला भारतमा संविधानको धारा ३७० उपर चर्चा तातिएको छ । यसैबीच, जम्मु कश्मिरलाई विशेष राज्यको दर्जा दिएको भारतको संविधानको धारा ३७० हटाएको विरोधमा राज्यसभामै दुई नेताले संविधानको प्रतिलीपि च्यातेपछि माहौल तातिएको छ ।
राज्यसभामा पिडीपीका साँसद एमएम फैयाज र नाजिर अहमद उपर संविधानको प्रतिलीपी च्यातेको आरोपमा अनुशासनात्मक कारवाही समेत गर्न सकिने भारतीय सँचारमाध्यमहरुले उल्लेख गरेको छ । यसका साथै ती नेताहरुलाई ३ वर्षको जेल सजाय समेत हुन सक्ने उल्लेख गरिएको छ भने भारतीय नागरिकको नागरिकता समेत रद्द गर्न सकिने बताइएको छ ।

संविधान र राष्ट्रीय झण्डाको अपमान अपराध
इन्सल्ट टू इंडियन नेशनल फ्लैग ऐंड कॉन्सटिट्यूशन ऑफ इंडिया, ९१७१ को अनुसार कुनै पनि सार्वजनिक स्थलमा वा यस्तो ठाउँ जो की आम सर्वसाधारणको नजरमा हुन्छ, त्यस्तो ठाउँमा राष्ट्रिय झण्डा च्यात्ने, संविधान जलाउने वा च्यात्ने तथा कुनै प्रकारले अपमान गर्नु अपराध हो । यस्तो गर्नेलाई तीन वर्षको जेल सजाय हुन सक्छ भनेर उल्लेख गरिएको छ ।
भारतको संविधानको धारा ५१ (ए) मा भारतीय नागरिकको लागि यत गरिएको बुनियादी कर्तव्यमा राष्ट्रिय प्रतीकहरुको सम्मान गर्नुपर्ने जीकिर गरिएको छ ।
अर्को शब्दमा कुनै पनि तवरले विरोध जनाउँदा स्वतन्त्रता भएपनि राष्ट्रिय झण्डा र संविधानलाई अनादर वा अपमान गरेर गर्न पाउन सक्ने छैन । यस बाहेक नागरिकता अधिनियम १९९५ का अनुसार कुनै पनि भारतीय नागरिक संविधानको अपमान गरेको वा कुनै पनि तवरले यो साबित होस की ती व्यक्तिलाई भारतको संविधानमा निष्ठा छैन भने उनको नागरिकता खोसिन सक्ने व्यवस्था छ ।
के भयो राज्यसभामा त्यस्तो ?
भारतीय गृहमन्त्री अमित शाहले संविधानको धारा (अनुच्छेद ३७० र जम्मु कश्मिरको पुनर्गठनको संकल्प पेश गरेपछि विपक्षी पार्टीहरुले हँगामा सुरु गरेका थिए । यसपछि हँगामा मच्चाउने साँसदहरुलाई सभामुखले बाहिर जान भनेको थियो , त्यसै क्रममा पीडिपीका साँसद मीर फैयाज र नजीर अहमदले प्रस्तावको विरोधमा राज्यसभामै संविधानको प्रतिलीपी च्यातीदिए, यसपछि सभामुख बकैया नायडुले दुवै जनालाई बाहर पठाइदिए ।
राज्यसभाको बाहिर च्याते आफ्नो कपडा पनि
पीडिपीका दुवै राज्यसभा सदस्यहरुले हातमा कालो पट्टी बाँधेर विरोध कार्य जारी राखेका थिए । यहाँसम्म की मिर फैयाजले आफ्नो कूर्तासम्म पनि च्यातेर फाले । जम्मु कश्मिरसँग सम्बद्ध काँग्रेसका वरिष्ठ नेता गुलाम नबी आजादले पीडिपीको यस प्रकारको हर्कतलाई आलोचना गर्दै संविधानलाई च्यात्ने प्रयास गर्ने साँसदहरुलाई म कडा आलोचना गर्दछु, संविधानको रक्षाको लागि हामी आफनो ज्यानको बाजी पनि लगाउन सक्छौं ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…