सिरहाका यी बजारहरुमा खुल्लेआम यौनधन्दा, प्रहरी मुखदर्शक, गोलबजारबाट ३ जोडी फन्दामा
विभिन्न होटेल, लज तथा मदिरा भट्ठीहरुमा खुल्लेआम यौनधन्दा चलिरहदा पनि स्थानीय प्रहरी प्रशासन आँखा चिम्लेर हेरी बसेको देखिन्छ ।

२०७६ साउन ७ मंगलबार, दिउँसो २:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको गोलबजारस्थित एक लजबाट ३ जोडी पक्राउ परेका छन् । गोलबजारमा रहेको विकास लजबाट तीन पुरुष र तीन महिला गरी ६ जनालाई पक्राउ गरिएको हो ।
होटेलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा प्रहरीको टोलीले छापा मार्दा लजबाट यौन क्रियाकलापमा संलग्न भइरहेको अवस्थामा तीन जोडी महिला पुरुषलाई नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ ।
पक्राउ परेका जोडीहरु उपर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएइको छ । प्रहरीको टोलीले उनीहरुलाई पक्राउ गरेपनि होटेल संचालकलाई भने पक्राउ गर्न सकेनन् । प्रहरीको टोली पुग्दा लजका संचालक फरार भएको प्रहरीको भनाई छ ।
पछिल्लो समय सिरहाका विभिन्न बजारहरु अनैतिक क्रियाकलापको अखडा बन्दै गएको देखिन्छ । जसमध्ये गोलबजार पनि एक हो । गोलबजारको विभिन्न होटेल, लज तथा मदिरा भट्ठीहरुमा खुल्लेआम यौनधन्दा चलिरहदा पनि स्थानीय प्रहरी प्रशासन आँखा चिम्लेर हेरी बसेको स्थानीयहरुको आरोप छ ।
सिरहाका प्रमुख बजारहरु लहान, मिर्चैया, गोलबजार, सिरहा लगातकका ठाउँको अवस्थामा पनि उही छ । तर, प्रहरी प्रशासन भने मुखदर्शक बनेको देखिन्छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…