बाढीमै रचियो विवाह र विदाई पनि !
दुवै पक्षले विवाह र विदाईको रशम भने पानीको बीचोबीच बसेर गरेको हो ।

२०७६ असार २९ आइतबार, राति ८:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । कोशी नदीको बहाबले भारत विहार राज्यमा ताण्डब मच्चाएको बेला एक जोडी बाढीमै विवाह रचाएका हुन् ।
गत बुधबारदेखि परेको अबिरल बर्षाका कारण नेपालको विभिन्न क्षेत्र डुबान सहित छिमेकी मूलुक विहार राज्यको पनी विभिन्न जिल्लालाई कोशीले तहल्का मच्चाएको हो । त्यसैक्रममा बाढी आउनुपूर्व नै तय भएको वैवाहिक गठबन्धनलाई भने बाढी र उच्च पानीको बहाबले रोक्न सकेनन् ।
नेपालबाट बग्ने कोशी, कमला, नारायणीलगायतका नदीको पानीले विहारमा अत्याधिक क्षति भएको छ। असाममा पनि ७ जनाको मृत्यु भएको छ। विहारको फार्विसगंजमा एक नवविवाहित जोडीको बाढीकै बीच विदाई गरिएको छ । मट्टितेल राख्ने ड्रामको प्रयोग गरी उनीहरुलाई विदाई गरिएको तस्विर र भिडियो समाजजिक सँजालमा भाईरल बनेको हो ।
केही दिनअघि नै दुवै तर्फको अभिभावकबाट विवाह गर्ने सहमति भएकोमा बीचमै आएको पानीको प्रलयले वैवाहिक अन्य उत्सव र विधि विधानमा असर पारेपनि अन्तत उनीहरुलाई बाढीमै ड्राममा राखेर मडबा बनाउँदै विवाह सहित विदाई पनि गरिएको छ । दुवै पक्षले विवाह र विदाईको रशम भने पानीको बीचोबीच बसेर गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…